९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टेस्ट सिरिजमा लज्जास्पद हारपछि खेलाडी श्रीमतीसँग बस्न नपाउनेसहित बीसीसीआईले बदल्यो यी ३ नियम!

१ माघ २०८१, मंगलवार १३:१०

काठमाडौँ | न्युजिल्यान्ड र अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा भारतीय टोलीको लज्जास्पद हारपछि अब बीसीसीआईले कडा कदम चालेको छ ।

शनिबार मुम्बईमा मुख्य प्रशिक्षक गौतम गम्भीर, मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्मासँग बीसीसीआई अधिकारीहरूको समीक्षा बैठकपछि खेलाडी र प्रशिक्षक स्टाफका लागि नयाँ दिशानिर्देशहरू बनेको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार बोर्डले कोभिड–१९ का कारण खुकुलो पारिएका सन् २०१९ अघिका नियमहरू पुनः लागू गर्नेबारे विचार गरेको छ ।

परिवारसँग १४ दिन मात्रै बस्न पाउने
अब भारतीय टोलीका खेलाडीहरु आफ्नी श्रीमती र परिवारका सदस्यहरु सम्पूर्ण भ्रमणमा यात्रा गर्न पाउने छैनन् । यदि कुनै प्रतियोगिता वा शृङ्खला ४५ दिनभन्दा बढी चल्यो भने पत्नी वा परिवारले खेलाडीसँग १४ दिन मात्रै बस्न पाउनेछन् । छोटो यात्राको लागि यो सीमा सात दिन मात्र हुनेछ ।

भर्खरै सम्पन्न अष्ट्रेलिया सिरिजमा विराट कोहली र केएल राहुल जस्ता धेरै क्रिकेटरका पत्नीहरू सबै खेलमा उपस्थित थिए । सम्पूर्ण भ्रमणमा परिवारको उपस्थितिले खेलाडीको प्रदर्शनमा असर पर्ने बोर्डको विश्वास छ ।

सबै खेलाडीले बसमा सँगै यात्रा गर्ने
रिपोर्टकाअनुसार टोलीको एकतालाई ध्यानमा राख्दै अब सबै खेलाडीले टिम बसमा मात्र यात्रा गर्नेछन् । खेलाडी जतिसुकै उमेरका भए पनि उनलाई छुट्टै यात्रा गर्न दिइने छैन । पछिल्ला केही वर्षमा धेरै खेलाडी एक्लै यात्रा गर्दथे तर अब त्यस्तो हुने छैन ।

खेलाडीहरु बाहेक बीसीसीआईले भारतका मुख्य प्रशिक्षक गौतम गम्भीरका प्रबन्धकलाई पनि टोलीको होटलमा बस्न नदिने निर्णय गरेको छ । उनीहरुलाई भीआईपी बक्सबाट खेल हेर्न नपाउने र टिम बस चलाउन पनि रोक लगाइएको छ ।

सहयोगी कर्मचारीको कार्यकाल तोकिने
अस्ट्रेलिया भ्रमणमा पराजयपछि भारतीय टोलीको सपोर्ट स्टाफलाई लिएर पनि प्रश्न उठिरहेको छ । धेरै कर्मचारीहरू वर्षौंदेखि टोलीसँग छन् जसले प्रदर्शनलाई स्थिर बनाएको छ ।

सहायक कर्मचारीको कार्यकाल दुई वर्षको हुने र एक वर्ष थप गर्न सकिने निर्णय भएको छ । यसको मतलब उनको अधिकतम कार्यकाल तीन वर्ष हुन सक्छ । यस्तो अवस्थामा अब धेरै सहयोगी कर्मचारीलाई अवकाश दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता