2026-09-27 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल

काठमाडौँ | इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका छन्।

ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ताअघि एनबीसी न्युजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले भने, “मलाई आशा छ कि ट्रम्पले यस क्षेत्र र विश्वमा शान्ति कायम गर्नुहुनेछ।”

वासिङ्टनले तेहरानसँग करिब ४५ वर्षदेखि औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन र ट्रम्पले हालै आफ्नो चुनावी अभियानका क्रममा अमेरिकाको सहयोगी इजरायलले इरानी आणविक केन्द्रमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।

इरानको आणविक स्थलमा अमेरिकासमर्थित इजरायली सैन्य आक्रमणको सम्भावनाबारे पेजेस्कियानले भने, “हामी कुनै पनि कदमको जवाफ दिनेछौँ। हामी युद्ध चाहँदैनौँ, अनि युद्धसँग डराउँदैनौँ पनि।”

इरानका विदेशमन्त्री अब्बास अराघचीले युरोपेली शक्ति आणविक कार्यक्रम पुनः सुरु गर्न गम्भीर रहेको बताएका छन्।

सन् २०१५ मा इरान र फ्रान्स, बेलायत र जर्मनीलगायत विश्वशक्तिराष्ट्रबीच तेहरानको आणविक कार्यक्रम प्रतिबन्धको बदलामा तेहरानप्रति अन्तर्राष्ट्रिय प्रतिबन्ध खुकुलो बनाउने सम्झौता भएको थियो।

ट्रम्पको पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले एकतर्फी रूपमा सन् २०१८ मा सम्झौताबाट पछि हटेको थियो र आर्थिक प्रतिबन्ध पुनः लागू गरेको थियो।

तेहरानले आणविक सम्झौताबाट वासिङ्टनको बहिर्गमनसम्म सम्झौताको पालना गरेको थियो तर त्यसपछि उसले आफ्नो प्रतिबद्धताबाट क्रमशः पछि हट्दै जाँदा अहिले सम्झौता कायान्वयनमा छैन।

पेजेस्कियानले भने, “हामी आणविक हतियार वा अन्य हतियार बनाउन चाहँदैनौँ तर उनीहरूले हामीमाथि आणविक बम बनाउन खोजेको आरोप लगाएका छन्।”

एनबीसी न्युजकी प्रस्तोता लेस्टर होल्टले ट्रम्प सत्तामा फर्किएपछि उनीसँग वार्ता गर्न सकिने सम्भावनाबारे गरेको प्रश्नमा इरानी नेताले यो सम्भावना अहिलेसम्म नदेखिएको बताए।

उनले भने, “हाम्रो समस्या संवादमा छैन, प्रतिबद्धतामा छ। यो वार्ता र संवादका क्रममा हुने प्रतिबद्धतामा निर्भर हुन्छ।

अमेरिकालाई संकेत गर्दै पेजेस्कियानले भने, “वार्ताको अर्को पक्षले आफ्नो वाचा र दायित्व पूरा नगरेपछि इरान पनि पछि हट्न बाध्य हुनुपरेको हो।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह