७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता

४ माघ २०८१, शुक्रबार १७:३४

काठमाडौँ | म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले क्लबसँग १० वर्ष लामो अनुबन्ध गरेका छन्। जसअनुसार उनी २०३४ सम्म एतिहादमा रहने छन्।

यी नर्वेली खेलाडी २०२२ मा डर्टमुन्डबाट सिटीमा आएका थिए। यसबीचमा उनले १२६ खेलामा १११ गोल गरेका छन्।

उनको यसअघिको अनुबन्ध २०२७ मा अन्त्य हुँदै थियो। नयाँ सम्झौता उनको ३४ औँ जन्मदिनसम्म कायम रहने छ।

यो प्रिमियर लिगको इतिहासकै लामो सम्झौता हो। यसअघि चेल्सीका कोल पाल्मरले गत अगस्टमा ९ वर्ष लामो सम्झौता गरेका थिए।

‘नयाँ सम्झौता गर्न पाउँदा म साँच्चै खुसी छु। यो महान क्बलमा थप समय बिताउन उत्साहित छु,’ हालान्डले भनेका छन्। सिटीमा पहिलो सिजन ५२ गोल गरेका उनले गत सिजन ३८ गोल गरेका थिए। यो सिजन भने उनको प्रदर्शन खस्किएको छ।

हालसम्म २२ गोल मात्र गरेका छन्। उसो त उनको टोलीले निरन्तर हार बेहोरिरहेको छ। हाल लिग लिडर लिभरपुलभन्दा १२ अंकले पछाडि छ सिटी।

यद्यपि, सिटी आएयता उनले दुई प्रिमियर लिग र च्याम्पियन्स लिग समेत जितिसकेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी