2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता

काठमाडौँ | म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले क्लबसँग १० वर्ष लामो अनुबन्ध गरेका छन्। जसअनुसार उनी २०३४ सम्म एतिहादमा रहने छन्।

यी नर्वेली खेलाडी २०२२ मा डर्टमुन्डबाट सिटीमा आएका थिए। यसबीचमा उनले १२६ खेलामा १११ गोल गरेका छन्।

उनको यसअघिको अनुबन्ध २०२७ मा अन्त्य हुँदै थियो। नयाँ सम्झौता उनको ३४ औँ जन्मदिनसम्म कायम रहने छ।

यो प्रिमियर लिगको इतिहासकै लामो सम्झौता हो। यसअघि चेल्सीका कोल पाल्मरले गत अगस्टमा ९ वर्ष लामो सम्झौता गरेका थिए।

‘नयाँ सम्झौता गर्न पाउँदा म साँच्चै खुसी छु। यो महान क्बलमा थप समय बिताउन उत्साहित छु,’ हालान्डले भनेका छन्। सिटीमा पहिलो सिजन ५२ गोल गरेका उनले गत सिजन ३८ गोल गरेका थिए। यो सिजन भने उनको प्रदर्शन खस्किएको छ।

हालसम्म २२ गोल मात्र गरेका छन्। उसो त उनको टोलीले निरन्तर हार बेहोरिरहेको छ। हाल लिग लिडर लिभरपुलभन्दा १२ अंकले पछाडि छ सिटी।

यद्यपि, सिटी आएयता उनले दुई प्रिमियर लिग र च्याम्पियन्स लिग समेत जितिसकेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई