2026-09-27 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आप्रवासी बोकेको सैनिक जहाज अवतरण गर्न दिएपछि कोलम्बियामाथि लगाएको प्रतिबन्ध अमेरिकाले हटायो

काठमाडौँ | ट्रम्प प्रशासनले निष्काशन गरेका आप्रवासी बोकेको जहाज अवतरण गर्न दिने भएपछि कोलम्बियामाथि लगाएको कर अमेरिकाले फिर्ता लिएको छ। आइतबार अमेरिकाले अवैध बसेका कोलम्बियाका नागरिकलाई दुईवटा जहाजबाट फिर्ता पठाएपछि त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य विमानलाई अवतरण गर्ने अनुमति दिएका थिएनन्।

आफ्नो सैनिक जहाजलाई अवतरण गर्न नदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले कोलम्बियामाथि कर लगाउने,त्यहाँका नागरिकमाथि अमेरिकी यात्रामा प्रतिबन्ध लगाउने,अमेरिकामा रहेका कोलम्बियालीहरूको भिसा रद्ध गर्ने आदेश जारी गरेका थिए।

दुई पक्षीय वार्तापछि कोलम्बियाले आफ्ना नागरिक बोकेको सैनिक विमानलाई अवतरण गर्न दिएपछि ह्वाइट हाउसले उमाथिको सबै प्रतिबन्ध हटाएको छ। सैनिक हेलिकोप्टर अवतरण गर्न नदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोबीच व्यापार शुल्कको विषयमा तनाव बढेको थियो।

ह्वाइट हाउसले अमेरिका र कोलम्बियाबीच बढेको तनाव अन्त्य भएको घोषणा गरेको छ भने अमेरिकाले अवैध आप्रवासी बोकेर पठाएको सैनिक जहाज कोलम्बियाले अवतरण गर्न समेत अनुमति दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह