१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका

१४ माघ २०८१, सोमबार १४:२३

काठमाडौँ | यूएईमा जारी इन्टरनेशनल लिग टी–२० (आईएल टी–२०) मा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआबद्ध गल्फ जायन्ट्सले तेस्रो जित निकालेको छ । तेस्रो जित दर्ता गर्नेक्रममा गल्फले गएराति सम्पन्न खेलमा शारजाह वारियर्सलाई ६ विकेटले हरायो ।

शारजाह क्रिकेट स्टेडियममा भएको यस खेलमा वारियर्सले दिएको १ सय ७२ रनको लक्ष्य जायन्ट्सले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि टम अल्सपले उत्कृष्ट ब्याटिङ गरे । उनले ६० बलमा सात चौका र दुई छक्कासहित अविजित ८५ रन बनाए ।

 

दीपेन्द्रले भने यस खेलमा पनि प्लेइङ–११ मा मौका पाएनन् । जारी सिजनमा उनले मौका नपाएको यो लगातार सातौं खेल हो ।

दीपेन्द्र गत सिजनदेखि गल्फमा आब छन् । दुई सिजन टिममा जोडिए पनि उनले आईएल टी–२० मा डेब्यूको मौका भने पाएका छैनन् । गएराति सम्पन्न खेलमा जित निकालेपछि जायन्ट्सको ६ अंक पुगेको छ ।

अब उसले लिग चरणमा तीन म्याच खेल्न बाँकी छ । अर्का नेपाली अलराउन्डर कुशल मल्लआबद्ध डेजट भाइपर्स भने तीन खेलअगावै प्लेअफमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल