2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका

काठमाडौँ | यूएईमा जारी इन्टरनेशनल लिग टी–२० (आईएल टी–२०) मा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआबद्ध गल्फ जायन्ट्सले तेस्रो जित निकालेको छ । तेस्रो जित दर्ता गर्नेक्रममा गल्फले गएराति सम्पन्न खेलमा शारजाह वारियर्सलाई ६ विकेटले हरायो ।

शारजाह क्रिकेट स्टेडियममा भएको यस खेलमा वारियर्सले दिएको १ सय ७२ रनको लक्ष्य जायन्ट्सले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि टम अल्सपले उत्कृष्ट ब्याटिङ गरे । उनले ६० बलमा सात चौका र दुई छक्कासहित अविजित ८५ रन बनाए ।

 

दीपेन्द्रले भने यस खेलमा पनि प्लेइङ–११ मा मौका पाएनन् । जारी सिजनमा उनले मौका नपाएको यो लगातार सातौं खेल हो ।

दीपेन्द्र गत सिजनदेखि गल्फमा आब छन् । दुई सिजन टिममा जोडिए पनि उनले आईएल टी–२० मा डेब्यूको मौका भने पाएका छैनन् । गएराति सम्पन्न खेलमा जित निकालेपछि जायन्ट्सको ६ अंक पुगेको छ ।

अब उसले लिग चरणमा तीन म्याच खेल्न बाँकी छ । अर्का नेपाली अलराउन्डर कुशल मल्लआबद्ध डेजट भाइपर्स भने तीन खेलअगावै प्लेअफमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई