८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ब्राजिलियन क्लब सान्तोसमा फर्कदै नेइमार

१६ माघ २०८१, बुधबार १२:१८

काठमाडौँ । साउदी प्रो लिग अल हिलालबाट बाहिरिएका ब्राजिलका सुपरस्टार फुटबलर नेइमार आफ्नो पुर्व ब्राजिलियन क्लब सान्तोस फर्किने भएका छन् ।

उनले सान्तोसमा आफ्नो पारिश्रमिकमा ठुलो कटौती गर्दै जान लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मिडिया रिपोर्टमा नेइमारले क्लबमा हिस्सेदारी समेत लिनसक्ने बताइएको छ ।

अल हिलालमा डेढ मिलियन युरो प्रति साता पारिश्रमिक लिइरहेका नेइमारले सान्तोसमा कति पारिश्रमिक लिन्छन भन्ने चासो सबैमा रहेको छ । तर सान्तोसमा खेलाडीको उच्च पारिश्रमिक नै प्रतिसाता २५ हजार युरो रहेको बताइएको छ । यस अवस्थामा नेइमारले बढीमा प्रतिसाता ५० हजार युरोसम्म पारिश्रमिक लिन सक्ने बताइएको छ ।

नेइमार सान्तोसमा फर्किनुको मुख्य कारण आफ्नो फिटनेसलाई ध्यानदिनु रहेको बुझिएको छ । फिटनेस सहित उनले आगामी विश्वकप खेल्ने तयारीका लागि नेइमार ब्राजिल फर्किएको विश्लेषण गरिएको छ ।

अल हिलालमा उनको बिर्सन लायक समयपछि ३२ बर्षिय नेइमारको फिटनेस सहि भएमा अझै धेरै फुटबल बाँकी रहेकाले सान्तोसमा उनले फिटनेसलाई नै प्रमुख प्राथमिकता दिने भएका छन् । अल हिलालका लागि उनले कुल ७ खेल खेलेका नेइमारले साउदी लिगमा भने केवल ३ खेल खेलेका छन् ।

अल हिलालले २०२३ मा नेइमारलाई फ्रेन्च क्लब पिएसजीबाट ९० मिलियन युरो तिरेर भित्र्याएको थियो । अल हिलालले नेइमारलाई बार्षिक करिब सय मिलियन युरो पारिश्रमिक दिने गरेको थियो । नेइमार खेल्न नसक्ने भएपछि अल हिलालले आफ्नो ठुलो आर्थिक दायित्वबाट बच्न सम्झौता रद्द गर्न नेइमारमाथि दबाब बढाएको थियो ।

गत सिजनमा सिरी बी मा रेलिगेट भएको सान्तोस यस सिजनमा भने सिरी ए मा बढुवा हुने निश्चित रहेको छ । नेइमारले २००९ मा सान्तोसका लागि डेभ्यु गरेका थिए । २०१३ मा बार्सिलोना जानु अघि नेइमारले सान्तोसका लागि २२५ खेलमा १३६ गोल गरेका थिए । सो अवधिमा नेइमारले सान्तोसमा तीन सिजन सिरी ए को उपाधि जितेका थिए भने एक सिजन उपविजेता बनेका थिए । त्यस्तै एक सिजन कोपा ब्राजिल र २०११ मा कोपा लिबरटाडोरेज जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता