2026-09-27 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँदरले सेल्फी खिचेको तस्बिरको क्रेडिट कसलाई ?

एजेन्सी | ‘मङ्की सेल्फी’ मुद्दा अब सकिएको छ । यस मुद्दामा फोटो ग्राफर डेभिड स्लेटरलाई कपीराइट कानुनअनुसार अदालतमा पेस गरिएको थियो किनभने उनको क्यामराबाट एउटा बाँदर आफँैले आफ्नो तस्बिर खिचेको थियो । तर पछि यो तस्बिरलाई धेरै ठाउँमा स्लेटरको नाम लेखिएपछि पशुअधिकारका लागि काम गर्ने संस्थाहरुले यसको विरोध गरेका थिए ।

वकिलहरुले यो मंकी सेल्फीको कपीराइटको विषयलाई लिएर मिलापत्र हुने जानकारी दिए । पशुअधिकारीको संस्थाका वकिलका अनुसार यो सम्झौतापछि अब फोटोग्राफरले भविष्यमा यो फोटोबाट हुने कमाइको २५ प्रतिशत इण्डोनेसियामा पाइने दुर्लभ प्रजातिको बाँदरको सुरक्षाका लागि दान दिनुपर्नेछ ।

यद्यपि फोटोग्राफरका वकिलले भने केही प्रतिक्रिया दिएका छैनन् । अहिलेसम्म यो फोटोबाट कति कमाइ भयो भन्ने पनि उनले बताएका छैनन् । पशुअधिकारको लागि काम गर्ने संस्था पेटाले २०१५ मा स्लेटरमाथि मुद्दा दायर गरेका थिए । संस्थाको जिकीर थियो कि यो तस्बिर बाँदर आफैँले लिएको हो । त्यसैकारण यो फोटोबाट मिल्ने कमाइमा पनि बाँदरकै हक हुन्छ भनेर मुद्दा हालिएको थियो ।

खासमा भन्नुपर्दा यो तस्बिर सन् २०११ को हो । जब वाइल्डलाइफ फोटोग्राफर डेभिड स्लेटर इन्डोनेसियाको एउटा राष्ट्रिय निकुञ्जमा दुर्लभ जनावरहरुको तस्बिर लिन प्रयास गर्दै थिए, त्यसै बेला बाँदरले क्यामराको बटन दबाउन थाल्यो र धेरै तस्बिरहरु खिचिनपुगे । यो तस्बिरले त्यतिबेला मान्छेको ध्यान तान्यो जतिबेला स्लेटरले आफ्नो मञ्जरीविनै विकिपेडियाले तस्बिर राखेको आरोप लगाए ।

यसपछि विकिपेडियाले यो तस्बिरमा स्लेटरको भन्दा पनि बाँदरकै हक लाग्ने दाबी गरिदियो । त्यसपछि पिपल्स फर द एथनिकल ट्रिटमेन्ट अफ एनिमल्स भन्ने संस्थाले स्लेटरविरुद्ध अदालतमा मुद्दा हालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह