2026-09-27 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हसिनाका आफन्त र नेताका घरमा तोडफोड, भनिन्- तिनीहरूले भवन भत्काउन सक्छन् तर इतिहास मेटाउन सक्दैनन्

एजेन्सी | बंगलादेशमा एकपटक फेरि हिंसा भड्किएको छ। बुधबार राति पूर्व प्रधानमन्त्री शेख हसिनाका विरोधीहरूले ढाकाको धनमन्डी-३२ मा रहेको उनका बुबा शेख मुजीबुर रहमानको घरमा आगजनी गरेका छन् । उनीहरूले घरसमेत भत्काइदिएको बीबीसी बंगलाले जनाएको छ ।

बुधबार राति र बिहीबार बिहान देशभर प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेको समाचारमा उल्लेख छ ।

‘द डेली स्टार’ले शेख हसिनाको ‘बंगलादेश विरोधी गतिविधि’का कारण यो विरोध प्रदर्शन भएको हो । विरोधीहरूले उनी भारतमा बसेर बंगलादेश विरोधी गतिविधि गरिरहेको बताउँछन् ।
गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनको हिंसात्मक प्रदर्शनपछि हसिनाले देश छोड्नुपरेको थियो । हाल उनी भारतमा बस्दै आएकी छन् ।

हसिनाको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो । जसमा शेख हसिनाले फेसबुकमार्फत बोल्ने कार्यक्रम थियो । कार्यक्रमको खबर फैलिनेवित्तिकै प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका हुन् ।

‘द डेली स्टार’ ले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूले त्यहाँ स्थापित शेख मुजीबुरहमानको भित्ते चित्रलाई बिगारेका छन्।

पत्रिकाका अनुसार राति भवनमा आगो लागेको थियो । अनि मध्यरात हुनुभन्दा केही समयअगाडि एउटा क्रेन र एउटा उत्खनन यन्त्र त्यहाँ आइपुगेका थिए । यसपछि राति २ बजेतिर भवनको एक भाग भत्काइएको थियो।

एक प्रदर्शनकारीले बीबीसीलाई बताएअनुसार उनीहरू संग्रहालयमा परिणत भएको घरलाई जलाउन चाहन्छन् किनभने यो ‘फासीवाद’ को प्रतीक बनेको छ ।

शेख मुजिबुरहमानलाई बंगलादेशको संस्थापक भनिन्छ । १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेशको स्थापना भएको थियो ।

धनमण्डी-३२ जलाउनुका साथै देशका विभिन्न भागमा शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घर पनि भत्काइएको छ।

प्रदर्शनकारीहरूले खुलनामा शेख हसिनाका आफन्त र अवामी लिग नेता शेख हिलालुद्दीन र शेख ज्वेलको घर पनि भत्काएका छन् ।

कुस्तियामा पूर्व सांसद तथा अवामी लिगका सहमहासचिव महबुब आलम हनिफ र कुस्तियामा अवामी लिगका अध्यक्ष सदर खानको घर पनि भत्काइएको छ।

शेख हसिनाले घर जलाएको घटनाप्रति कडा प्रतिक्रिया दिएकी छिन्। प्रदर्शनकारीहरूको कार्यलाई उल्लेख गर्दै उनले भनेकी छन्, ‘उनीहरूसँग केही बुलडोजरले देशको स्वतन्त्रतालाई ध्वस्त पार्ने शक्ति छैन । तिनीहरूले भवन भत्काउन सक्छन् तर इतिहास मेटाउन सक्दैनन् ।’ उनको भाषण बंगलादेश अवामी लिगको फेसबुक पेजमार्फत् प्रसारण गरिएको थियो ।

अवामी लिगको फेसबुक पेजमा भनिएको थियो कि शेख हसिनाले बुधबार राति ९ बजे प्रत्यक्ष कार्यक्रममा विद्यार्थीहरूलाई सम्बोधन गर्नेछिन् । बुधबार शेख हसिनाको सरकार पतन भएको छ महिना भएको छ ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले आफ्नो सरकारको १०० दिन पूरा भएको अवसरमा एक टेलिभिजन प्रसारणमा शेख हसिनालाई बंगलादेश ल्याउन चाहेको बताएका थिए। उनले भनेका थिए कि शेख हसिना र अन्यलाई मुद्दा चलाउनेछ।

गत वर्ष अगस्ट ५ देखि भारतमा बस्दै आएकी शेख हसिनाको सुपुर्दगीको लागि बंगलादेशले निरन्तर दबाब दिइरहेको छ । अन्तरिम सरकारले उनलाई भारतबाट देश निकालाको माग गरेको छ। तर भारतले यसबारे कुनै स्पष्ट जवाफ दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह