२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको संकट समाधानको बाटो किन निस्किएन ?

८ श्रावण २०७४, आईतवार १३:३३


साउन ८, इस्तानबुल । कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन । 

यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन् । कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी समेत गरेका छन् । ती देशहरुले नाकाबन्दी अन्त्य गर्नका लागि भन्दै जुन २३ मा १३ बुदे शर्त राखेर कतारलाई पत्र पठाएका थिए ।

पत्रमा कतारमाथि बिभिन्न शर्त राखिएको छ । ती मध्येका केही शर्तमा अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने र ईरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि राखिएको छ । तर ती शर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन ।

कतारको यो जवाफ उनीहरुलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको छ । त्यसै क्रममा कतिपय देशले कतारमाथि लचिलो हुन सकिने भनी दिएका अभिव्यक्तिहरु पनि सार्थक हुन सकिरहेको छैन ।

यसैबीच सो समस्या समाधानको पहलस्वरुप भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले गल्फ राष्ट्रहरुको भ्रमण गर्नुहुने भएको छ । उहाँले कतार र साउदी अरेबियाको भ्रमण गर्नुहुने बताइएको छ ।

टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँले आइतबारदेखि नै सो भ्रमण गर्न लाग्नुभएको जानकारी दिइएको छ ।  

पछिल्लो समयमा कतार गम्भीर कुटनीतिक संकटमा परेको छ । त्यसैले उहाँको यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको उहाँको कार्यालयले जनाएको छ । तर त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छैन ।

आइतबारदेखि यही जुलाई २५ तारिखसम्म हुन लागेको उहाँको भ्रमण कतारमा जारी कुटनीतिक संकट समाधानमा प्रमुख मध्यस्तकर्ताका रुपमा हुनेछ । तर यसअघि भने टर्कीले मध्यस्थताको केही कुरा उठाएको छैन ।

कतारमाथि उसका छिमेकी गल्फ देशले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन् । उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन ।

कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुग्नुभएको थियो ।

“फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका देशका जनता विषेशगरेर विद्यार्थी बढी मर्कामा परेका छन् र यसले अरुलाई पनि दुःख दिएको छ” ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभएको थियो ।

विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिनुभएको भए पनि अहिलेसम्म यस विषयमा कुनै पहल भएको छैन ।

रियादको भ्रमणपछि उहाँ कुवेत र संयुक्त अरब इमिरेट्स पनि पुग्नुभएको थियो । उहाँले सो भ्रमणमा छलफलबाटै सङ्कटको समाधान खोज्न जोड दिनुभएको थियो । 

उहाँसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लङ्घन गरेका प्रमाणहरु रहेको दावी गर्दै सम्बन्ध पुनस्र्थापनाका लागि कतार सच्चिएर आउनुपर्नेमा जोड दिनुभएको थियो ।

पछिल्लो समयमा कतारका छिमेकी खाडी मुलुकहरुले भने सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को खाडी मुलुकको सहकार्यका लागि गरिएको ‘सप्लीमेन्ट्री एग्रिमेन्ट’ सम्झौता कार्यान्वयनमा बेवस्ता गरेको बताएका छन् ।

तर यी सबै आरोपहरुको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमागि लगाइएका यी सबै आरोपहरु निराधार रहेको स्पष्ट रुपमा भन्दै आएको छ । रासस\सिन्ह्वा\एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ