५ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प र पुटिन साउदी अरेबियामा भेट्ने, युक्रेनको विषयमा निर्णय लिने

१ फाल्गुन २०८१, बिहीबार १५:२८

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गर्नुभएको छ ।

ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताउनुभयो ।

तर ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताउनुभएपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता जगाएको छ । किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो ।

लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहनुभएका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबीचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गर्नुभयो । “हामी अपेक्षा गर्छौं कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु – र हामी सम्भवतः पहिलो पटक साउदी अरेबियामा भेट्नेछौँ”, ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भन्नुभयो ।

ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताउनुभयो । साउदी युवराजले यस हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।क्रेमलिनले फोन वार्ता डेढ घन्टा जति चलेको बताएको छ । दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गर्नुभएको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिनुभएको बताइएको छ । जनवरी २० मा पदभार ग्रहण गर्नुअघि ट्रम्पले युक्रेन युद्ध ‘२४ घन्टा भित्र’ अन्त्य गर्ने वाचा गर्नुभएको थियो ।

शान्तिको चाहना यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा फोन वार्ताको घोषणा गर्दै र द्वन्द्वमा अपुष्ट सङ्ख्या प्रयोग गर्दै आफू र पुटिन ‘दुवैले रुस/युक्रेन युद्धमा भइरहेको लाखौँको मृत्यु रोक्न चाहेको’ मा सहमत भएको बताएर विश्वलाई आश्चर्यमा पार्नुभयो । अमेरिकी राष्ट्रपतिले उहाँहरू ‘एक–अर्काको राष्ट्रको भ्रमण सहित धेरै नजिकबाट काम गर्न’ र ‘आ–आफ्ना टोलीहरूलाई युक्रेनबारे तत्काल वार्ता सुरु गर्न’ सहमत भएको बताउनुभयो ।

ट्रम्पले पछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्नुभयो । जेलेन्स्की पुटिनसँगको फोन वार्तामा सामेल हुनुहुन्थेन । जेलेन्स्कीले पछि उहाँको ट्रम्पसँग ‘अर्थपूर्ण’ कुराकानी भएको बताउनुभयो । फोन वार्तामा ट्रम्पले पुटिनसँगको वार्ताको ‘विवरणहरू साझा गर्नुभएको’ उहाँले बताउनुभयो । कुराकानी पछि ट्रम्पले भन्नुभयो, “जेलेन्स्की राष्ट्रपति पुटिन जस्तै, शान्ति चाहनुहुन्छ ।”

किएभको राष्ट्रपति कार्यालयका प्रमुख आन्द्री येर्माकले टेलिभिजनमा दिएको टिप्पणीमा जेलेन्स्की र ट्रम्प सम्झौता तय गर्न प्रयास गर्ने प्रत्येक पक्षका उच्च–स्तरीय टोलीहरूको काम ‘तत्काल’ सुरु गर्न सहमत भएको बताउनुभयो । “टोलीहरूले दैनिक कामको प्रक्रिया सुरु गर्नेछन् र जेलेन्स्की र उहाँका अधिकारीहरूले एक दिनपछि म्युनिख सुरक्षा सम्मेलनमा संलग्न अमेरिकी अधिकारीहरूसँग भेट्नेछन्”, येर्माकले भन्नुभयो ।

तर पुटिनसँगको ट्रम्पको फोन वार्ताले संयुक्त राज्य अमेरिकाले रुसका सर्तहरूमा सहमत भएको चिन्ता बढाएको छ ।
पेन्टागन प्रमुख पिट हेग्सेथले बुधबार युरोपेली समकक्षीहरूसँग युक्रेनको सन् २०१४ पूर्वको सीमामा फर्कने सपना ‘भ्रमपूर्ण लक्ष्य’ हो र किएभको नाटो सदस्यताको चाहना ‘यथार्थवादी छैन’ भन्नुभयो । दुवै मस्कोका प्रमुख माग हुन् ।

ट्रम्पले जेलेन्स्कीलाई बाहिर राखिएको अस्वीकार गर्नुभयो र हेग्सेथको टिप्पणीले वासिङ्टन रुसको पूर्वसर्तहरूमा सहमत भएको भन्ने आलोचनालाई अस्वीकार गर्नुभयो । यसैबीच येर्माकले युक्रेनको ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता र सार्वभौमिकता’ मा सम्झौता गर्न नसकिने किएभको अडान दोहोर्‍याउनुभयो ।

युक्रेनी नेताले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा वासिङ्टनबाट कडा सुरक्षा ग्यारेन्टीको माग गरिरहनुभएको छ । यसैबीच ट्रम्पले सैन्य सहायता जारी राख्नका लागि किएभको दुर्लभ पृथ्वी खनिजको सट्टामा सम्झौताको सुझाव दिनुभएको छ ।

मूल कारण

जेलेन्स्कीले बुधबार किएभमा अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टसँग भेट गरेपछि शुक्रबार म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई भेट्नुहुनेछ । ट्रम्पसँगको फोन वार्ताबारे क्रेमलिनको वक्तव्य अधिक संयमित थियो ।

शान्ति वार्ताको माध्यमबाट दीर्घकालीन समाधानमा पुग्न सकिन्छ भन्ने कुरामा पुटिन ट्रम्पसँग सहमत हुनुभएको तर उहाँले द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्न चाहेको बताउनुभएको क्रेमलिनको वक्तव्यमा उल्लेख छ । मूल कारणका लागि रुसले किएभमा पश्चिमी प्रभावलाई दोष दिएको छ ।

यसै हप्ता एक कैदी आदान–प्रदान सम्झौतामा सम्बन्ध सुधारका सङ्केतहरू देखिएका थिए । यसमा मस्कोले अमेरिकी शिक्षक मार्क फोगेल र बेलारुसले एक अमेरिकी नागरिकलाई रिहा गरे भने वासिङ्टनले रुसी क्रिप्टोकरेन्सी किङपिन अलेक्जान्डर भिन्निकलाई रिहा गर्‍यो ।

ट्रम्पले यसअघि पनि पुटिनका लागि प्रशंसा व्यक्त गरिसक्नुभएको छ र आफ्नो ट्रुथ सोसल पोस्टमा रुसी राष्ट्रपतिको प्रशंसा गर्नुभएको छ । उहाँले ‘पुटिनले मेरो धेरै बलियो अभियानको आदर्श वाक्य, ‘सामान्य सेन्स’ पनि प्रयोग गर्नुभयो भन्दै फोगेलको रिहाइका लागि उहाँलाई धन्यवाद दिनुभयो । तथापि सम्भावित सम्झौताको स्वरूपबारे किएभ र युरोपेली राजधानीहरूमा चिन्ता बढ्दै गएको छ ।
फ्रान्स, जर्मनी र स्पेनका विदेशमन्त्रीहरूले बुधबार किएभ र यसका युरोपेली साझेदारहरूको संलग्नता बिना ‘कुनै न्यायोचित र दीर्घकालीन शान्ति’ हुन नसक्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईई बहिष्कार गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रहरी कार्यालयनजिकै युवकमाथि खुकुरी प्रहार आर्थिक सहयोग नरोकिदिन अमेरिकी सरकारसँग मन्त्री राणाको आग्रह प्रचण्ड र उनको परिवारको कारणले गणतन्त्रको अन्त्य हुन्छः ज्ञानबहादुर शाही पाटन क्याम्पसको लफडामा ३ जना घाइते- नेविसंघले गुण्डा लगाएको अनेरास्ववियुको आरोप युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने पोखरा बेलुन विस्फोट घटना : छानविन समितिले बुझायो प्रतिवेदन नौ वर्षअघि बरामद भएको सात केजी सुन र २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पौने ३ लाख ठग्ने महिला पक्राउ इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए २५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति मोरङमा आगलागीबाट एक बलिकाको मृत्यु, ८ घर जले* ट्रकबाट २५ करोड बरामद:  यसअघि पनि सात किलो सुन तस्करीमा जेल बसेर छुटेका पक्राउ परेका लामा  बसको ठक्करबाट मकवानपुरमा स्कुटर चालकको मृत्यु १२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए