२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७० जना गाँउले अपहरित, सात जनाको हत्या

९ श्रावण २०७४, सोमबार ०८:४५


साउन ९, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् ।

प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ । अपहरणमा परेकामध्ये तीस जनालाई छाडिदिएको भए पनि अरू कम्तीमा तीस जना अझै पनि बेपत्ता रहेको कान्दाहार प्रान्तका प्रहरी प्रमुख अब्दुल राजिकले एएफपीलाई जानकारी दिनुभयो । 

“तालिवान लडाकूहरूले ७० जना गाउँलेलाई उनीहरूकै घरबाट शुक्रबार अपहरण गरेका थिए, उनीहरू कान्दाहारदेखि तारिन्कोट राजमार्गमा पर्ने गाउँका बासिन्दा हुन्,” उहाँले थप्नुभयो, “उनीहरूमध्ये सात जनाको शव गाँउमै बिहानको समयमा भेटिएको छ ।” 

अपहरितहरूको गाउँ तालिवान लडाकूहरूको प्रभाव बढी भएको क्षेत्र मानिन्छ । दक्षिण अफगानिस्तानको सबैभन्दा ठुलो शहरको रूपमा रहेको तारिन्कोट गरुज्गान प्रान्तको राजधानी पनि हो । 

तालिवान लडाकूहरूले गाउँलेहरूलाई अपहरण गर्नुको कारणका बारेमा अहिलेसम्म पनि केही एकिन हुन सकेको छैन । सरकारी अधिकारी र सुरक्षाकर्मीहरूले अपहरितहरूको खोजी गरी उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन् । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला