2026-10-09 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप: लेबनानलाई ३-१ ले हराउदै म्यानमारको विजयी सुरुआत

काठमाडौँ | अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) मा म्यानमारले विजयी सुरुआत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट भएको प्रतियोगीतामा म्यानमारले लेबनानलाई ३-१ ले हरायो ।

म्यानमारले खेलको ५७ मिनेटमा अग्रता लिएको थियो । कप्तान विन थेइङ्गगी तुनले एजबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएकी थिईन् । मे हेट मोन माइन्टले दिएको पासलाई सदुपयोग गर्दै विनले गोल गरेकी थिईन् ।

लगत्तै खेलको ६०औं मिनेटमा लेबनानले बराबरी गोल फर्काएको थियो । लाएला इस्कानडरले गोल गरेकी हुन् । इस्कानडरले मैदानको मध्यभागबाट आएको पासलाई सदुपयोग गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा बिट गर्दै गोल गरेकी हुन् ।

म्यानमारले ७२औं मिनेटमा अग्रता दोब्बर बनायो म्यानमारले फेरि अग्रता लिएको छ । स्वेयी तुनलेयुपेर खिनेले दायाँ भागबाट दिएको क्रसमा हेड मार्फत गोल गरेकी हुन् । उनी हाफ टाइमपछि मैदान प्रवेश गरेकी थिइन् । ७५औं मिनेटमा पुन अर्को गोल गर्दै म्यानमारले खेल ३-१ ले आफ्नो पक्षमा पार्यो । सान थव थवले ७५औं मिनेटमा गोल गरेकी हुन् ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ५ मिनेटसम्म कुनै थप गोल गर्न नसक्दा लेवनानले हार ब्यहारेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा नेपालसहित लेवनान, किर्गिस्तान र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल