साउन ९, काठमाडौँ । ‘६ महिनासम्म उनीहरुले हरेक दिन मेरो बलात्कार गरिरहे । मैले आफूलाई नै हत्या गर्ने कोसिस गरें ।’ यो भनाई हो यजिदी युवती इखलासको ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौँ । ‘६ महिनासम्म उनीहरुले हरेक दिन मेरो बलात्कार गरिरहे । मैले आफूलाई नै हत्या गर्ने कोसिस गरें ।’ यो भनाई हो यजिदी युवती इखलासको ।

२०८२, २० चैत्र शुक्रबार
काठमाडौँ - KTM

‘६ महिनासम्म हरेक दिन उनीहरुले मलाई बलात्कार गरिरहे’

२०७४, ९ श्रावण सोमबार १२:३२


साउन ९, काठमाडौँ । ‘६ महिनासम्म उनीहरुले हरेक दिन मेरो बलात्कार गरिरहे । मैले आफूलाई नै हत्या गर्ने कोसिस गरें ।’ यो भनाई हो यजिदी युवती इखलासको ।

इखलाख त्यतिबेला १४ वर्षकी थिइन् जब इस्लामिक स्टेटका कथित लडाकूले उनलाई अपहरण गरे र उनलाई यौनदासीको रुपमा बन्धक बनाए ।

सन् २०१४ मा इस्लामिक स्टेटको निशानामा विशेषगरी यजिदी थिए । यजिदी एक धार्मिक समूदाय हो जुन उत्तरी इराकको इलाकामा वर्षौंदेखि बस्दै आएको छ । इस्लामिक स्टेटका चरमपन्थी लडाकूले पुरुषको हत्या गरे र महिलालाई अपहरण गरे ।

इस्लामिक स्टेटः

यद्यपी, इखलासले इस्लामिक स्टेटको पकडबाट बाँच्नका लागि माउन्ट सिंजारको इलाकबाट भाग्ने कोसिस गरिन् तरपनि उनी ती मानिसहरुको पकडमा आइन् ।

इस्लामिक स्टेटका लडाकूले उनीहरुलाई बन्धक बनाए र तीमध्ये एकले उनलाई ६ महिनासम्म यौनदासी बनाएर राखे ।

इखलासका अनुसार इस्लामिक स्टेटका एक लडाकूले उनलाई १ सय ५० युवतीमध्येबाट गोलाप्रथा गरी छानेका थिए ।

इखलास भन्छिन्, ‘ती व्यक्ति घिनलाग्दो थिए । लामो कपाल भएका ती व्यक्ति कुनै जनावरजस्तै देखिन्थे । उनको शरिर गन्हाउँथ्यो । म उनीसँग यति डराउँथे कि उनलाई हेर्न पनि सक्दिनथें ।’

शरणार्थी शिविरः

एक दिन इस्लामिक स्टेटका ती चरमपन्थी कतै लडाईंका लागि गएका थिए र त्यतिबेला नै उनी त्यहाँबाट भाग्ने मौका पाइन् र सफल पनि भइन् ।

पछि इखलासलाई एक शरणार्थी शिविरमा पुर्याइयो । पीडा र त्रासदीले भरिएका ती दिनलाई याद गर्दै इखलास भन्छिन्, ‘म नरोइकनै आफ्नो कुराहरु तपाईंलाई कसरी भन्न सकिरहेकी छु  । वास्तवमा मेरो आँसु सुकिसकेको छ ।’

इखलास अहिले जर्मनीको एक मानसिक अस्पतालमा छिन् र उनले त्यहाँ उपचारका साथै शिक्षा पनि पाइरहेकी छिन् । इखलासको सपना एक सफल वकिल बन्नु हो । -बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी