2026-09-06 09:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्याम्पियन्स ट्रफीको अघिल्लो दिन पाकिस्तानमा हमलाः ४ सैनिकको मृत्यु

काठमाडौँ | च्याम्पियन्स ट्रफीको एक दिनअघि पाकिस्तानमा ठूलो आतंकवादी हमला भएको छ। अज्ञात बन्दुकधारीहरूले अर्धसैनिक बललाई निशाना बनाएका हुन्। यस आक्रमणमा चार सैनिकको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

आतंकवादीहरूले पाकिस्तानको हिंसा प्रभावित जिल्ला कुर्रममा यो हमला गरेका हुन्। गत वर्ष कुर्रममा शिया र सुन्नी समुदायबीच हिंसा भड्किएको थियो । अफगानिस्तानको सीमा नजिक रहेको यस जिल्लामा हिंसाको लामो इतिहास छ।

आतंककारीहरूले सोमबार राति तल्लो कुर्रमको ओचिट क्षेत्रमा अर्धसैनिक बल कुर्रम मिलिसिया टोलीलाई आक्रमण गरेका सुरक्षा अधिकारीहरूले बताएका छन्। अघिल्लो दिन अत्यावश्यक वस्तु बोकेको काफिलामा पनि आक्रमण भएको थियो ।

घाइतेहरूलाई तत्काल अस्पताल लगिएको अधिकारीहरूले बताएका छन् । जहाँ एक घाइतेको अवस्था चिन्ताजनक छ ।

साम्प्रदायिक हिंसा प्रभावित कुर्रम जिल्ला पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्छ।

अधिकारीका अनुसार उक्त काफिले जमिनबाट कुर्रम जाँदै थियो । बाटोमा कैयौं स्थानमा गाडीलाई निशाना बनाइएको थियो । काफिलामा जम्मा ६४ सवारीसाधन सामेल थिए । अधिकारीहरूले सावधानीका रूपमा सम्पूर्ण काफिलालाई हांगुतर्फ फर्काउन आदेश दिएका थिए।

कुर्रममा विगत केही वर्षदेखि जातीय र साम्प्रदायिक हिंसा भइरहेको छ। नोभेम्बर २०२३ मा यहाँ गम्भीर हिंसा भड्किएको थियो। जहाँ प्रहरीका दुई वटा गाडीलाई निशाना बनाइएको थियो । उक्त हिंसामा ४० जनाको ज्यान गएको थियो ।

त्यसयता यहाँ विभिन्न घटनामा १५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । गत वर्ष नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म कुर्रममा भएको साम्प्रदायिक झडपमा १ सय ३३ जनाको मृत्यु भएको थियो । हिंसाका बीच जनवरी ४ मा सुन्नी र शियाबीच युद्धविरामको सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ