२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डुङ्गा डुब्दा सातको मृत्यु

२०७४, १३ श्रावण शुक्रबार १३:०५


साउन १३, टर्की । आप्रवासी शरणार्थी लिएर टर्कीको बाटो ग्रीसतर्फ हिँडेको डुङ्गा टर्कीको सामुद्रिक इलाकामा डुब्दा पाँच बालबालिका सहित सात जनाको मृत्यु भएको टर्कीको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ । 

अनादोलु न्युज एजेन्सीका अनुसार टर्कीको केश्मी एलाकामा बिहीवार अबेर भएको दुर्घटनामा पाँच बालबालिका र दुई वयस्क व्यक्तिको मृत्यु भएको छ । घटनामा चार इराकी, तीन सोमालियाली र दुई सिरियाली नागरिकको सकुशल उद्धार गरिएको छ । एक जना शरणार्थी हराइरहेको बताइएको छ । 

गरिबी र द्वन्द्वको पीडाले शरणार्थी बनी मध्यपूर्वबाट हजारौं व्यक्तिले आफ्नो जीवनको प्रबाह नगरी समुद्रको बाटो यूरोप र अमेरिकी मुलुकमा पुग्ने क्रम विगतको तुलनामा केही कम भएको छ । तर अझैपनि ठूलो सङ्ख्यामा मानव तस्करको फन्दामा परी मध्यपूर्वी मुलुकबाट सामुद्रिक बाटो यूरोप जाने क्रम भने रोकिएको छैन । 

डुङ्गाको क्षमताभन्दा बढी यात्रु राखेर ग्रीसतर्फ हिँडिरहेका वेला भएको उक्त घटनापछि मानव तस्करले शरणार्थीलाई अलपत्र छोडी भागेको बताइएको छ । प्रहरीले शरणाथीलाई अलपत्र पार्ने तस्करको समूहको खोजी जारी राखेको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी