१ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभियुक्तलाई पक्राउ गर्न जाँदा स्थानीय र प्रहरीबिच झडप, एक प्रहरीको मृत्यु

२९ फाल्गुन २०८१, बिहीबार १२:१३

एजेन्सी | बिहारको अररियामा एक अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरी र स्थानीयबिच बुधबार झडपको क्रममा लडेर एक सहायक उप–निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजीव रञ्जन मल्ल रहेका छन् ।

राजीव रञ्जन मल्ल अररियाको फुलकाहा प्रहरी चौकीमा कार्यरत थिए। बुधबार राति फुलकाहा प्रहरी चौकीले लक्ष्मीपुर भन्ने गाउँमा एक अभियुक्तको उपस्थितिको बारेमा सूचना प्राप्त गरेको थियो । त्यसपछि प्रहरी चौकीको सम्पूर्ण टोलीले राति अबेर गाउँमा छापा मारेको थियो।

यसै क्रममा गाउँलेहरूले उनलाई धकेले जसमा उनी गम्भीर घाइते भएको अररियाका एसपी अञ्जनीकुमारले बीबीसीलाई जानकारी दिए । उनले भने, ‘फुलकाहा प्रहरी चौकीका एएसआई राजीव रञ्जन मल्ल लागुऔषध तथा हातहतियार ऐनअन्तर्गत एक अभियुक्तलाई पक्राउ गर्न गएका थिए। फुलकाहा प्रहरी चौकीको सम्पूर्ण टोली उनीसँगै थियो। अभियुक्तलाई पक्राउ गरेपछि गाउँलेहरूले एएसआईलाई धकेलेर छुटाउन खोजे।’

उनले थपे, ‘यसैबीच, राजीव रञ्जन लडे, उनलाई उपचारको लागि अस्पताल ल्याइयो, जहाँ उनको मृत्यु भयो। शवको पोस्टमार्टम भइरहेको छ। त्यसपछि मृत्युको कारण थाहा हुनेछ।’ झडपको क्रममा अभियुक्त भाग्न सफल भएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा सुर्खेतमा गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट) एक सय ७८ जना सवार अमेरिकी एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएपछि.. ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू