2026-07-25 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको आदेशमा अमेरिकाले गर्‍यो यमनमा आक्रमण

काठमाडौँ | राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणको आदेश दिएका छन् । ट्रम्पले इरान समर्थित हुथी विद्रोहीहरूले महत्वपूर्ण समुद्री करिडोरमा जहाजहरूमाथि लगातार आक्रमण गरेपछि अब निर्णायक कारवाही गर्न आदेश दिएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रा बहादुर लडाकुहरूले हाल अमेरिकी जहाज, वायु र नौसेना सम्पत्तिको सुरक्षा गर्न र नेभिगेसनको स्वतन्त्रता पुनस्र्थापित गर्न आतंकवादी लक्ष्यहरू, नेताहरू र मिसाइल प्रतिरक्षाहरूविरुद्ध हवाई आक्रमण गरिरहेका छन् ।’ ट्रम्पले इरानलाई विद्रोही समूहलाई समर्थन गर्न बन्द गर्न चेतावनी पनि दिएका छन् । शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको बताएका छन्।

‘हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु। उनीहरूले डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्रसले लेखेको छ । यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको न्युयोर्क टाइम्सले जनाएको छ ।

आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन् । सदामा ६ जनाको मृत्यु भएको हुथीको अल मसिरा टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । हुथी विद्रोहीहरूले शनिबार साँझ आफ्नो क्षेत्रमा श्रृंखलाबद्ध विस्फोट भएको बताएका छन् । अनलाइन प्रसारित तस्बिरहरूमा साना विमानस्थल परिसरमाथि कालो धुवाँको मुस्लो उठिरहेको देखिएको छ, जसमा एक विशाल सैन्य क्याम्प पनि समावेश छ ।

इजरायलले गाजामा लगाएको नाकाबन्दीको प्रतिक्रियामा यमनको तटीय पानीमा यात्रा गर्ने इजरायली जहाजहरूमाथि आक्रमण पुनः सुरु गर्ने हुथी विद्रोहीहरूले बताएको केही दिनपछि नै अमेरिकाले हवाई आक्रमण शुरु गरेको हो । संयुक्त राज्य अमेरिका, इजरायल र बेलायतले यसअघि यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा आक्रमण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय