८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पसँगको वार्तापछि पुटिनले युक्रेनमा युद्ध रोक्न राखे यस्ता सर्त

६ चैत्र २०८१, बुधबार ११:४८

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा युद्ध रोक्ने बारेमा टेलिफोन वार्ता भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि उनी ऊर्जा पूर्वाधारमा मात्र आक्रमण रोक्न सहमत भएका छन् ।

ट्रम्पको टोलीले हालै साउदी अरेबियामा युक्रेनसँग गरेको एक महिना लामो युद्धविराममा पुटिनले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

उनले युक्रेनसँग विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान बन्द भएमा मात्र युद्धविराम सम्भव हुने बताए ।

यद्यपि, युक्रेनका युरोपेली सहयोगीहरूले पहिले नै यस्ता सर्तहरूलाई अस्वीकार गरिसकेका छन् ।

तीन वर्ष लामो युद्धमा रूसले हालै ६ महिनाअघि युक्रेनी आक्रमणको क्रममा कब्जा गरेको कुरुस्क क्षेत्रको भूभाग फिर्ता लिइरहेको छ ।

गत हप्ता साउदी अरेबियामा अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा युक्रेनले ३० दिनको अमेरिकी युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो । सोही विषयमा ट्रम्प र अमेरिकाबीच फोनवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता