१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि…

८ चैत्र २०८१, शुक्रबार १३:३८

एजेन्सी | भारतमा एक युवकले युट्युबको ट्युटोरियल भिडिओ हेरेर आफैले आफ्नो पेटको शल्यक्रिया गरेको घटना सार्वजनिक भएको छ।

भारतको उत्तरप्रदेशस्थित मथुराका ३२ वर्षीय राजा बाबु नाम गरेका एक युवकले युट्युब भिडिओ हेरेर आफ्नो पेटको शल्यक्रिया आफै गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इन्डिया टुडेका अनुसार वाणिज्यशास्त्रमा स्नातक गरेका ती युवक केही महिनायता पेटको समस्याबाट पीडित थिए।

अत्यधिक पेट दुख्ने समस्या भएपछि उनी डाक्टरलाई देखाउन पनि गएका थिए। तर उनको रोग नै पत्ता नलागेपछि घरमै आराम गरिरहेका थिए।

दुखाइ बढ्दै गएको अवस्था र रोग पनि पत्ता नलागेपछि उनले युट्युबमा पेटको शल्यक्रियासम्बन्धी ट्युटोरियल भिडिओ हेरेर समस्या थाहा पाउन आफै शल्यक्रिया गरेर हेर्ने निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्।

त्यसपछि उनले सर्जिकल ब्लेड, लठ्याउने सुई र टाँका लगाउने धागोलगायत आवश्यक सामग्रीहरू औषधी पसलबाट किनेर ल्याएका थिए।

ती सामानहरू किनेपछि बुधबार कोठाभित्र बसेर उनले युट्युब भिडिओमा सिकाएअनुसार गरी आफ्नै पेट काटेका थिए।

भारतीय अनलाइन पोर्टल द वीकका अनुसार राजाबाबुले आफ्नो पेट सात इन्च काटेपछि टाँका लगाएका थिए। पेट काटेपछि के गरे भन्ने विषय चाहीँ नखुलेको वीकले जनाएको छ।

केही बेरमा लठ्याउने औषधीले काम गर्न छाडेपछि अहस्य भएर उनी कोठाभित्रै चिच्याएका थिए। त्यसपछि घरमा रहेका परिवारका अन्य सदस्यले राजाबाबुलाई गम्भीर अवस्थामा जिल्ला अस्पताल पुर्‍याएका थिए।

अस्पतालले संक्रमण फैलिसकेको हुनसक्ने बताएर प्राथमिक उपचारपश्चात एसएन मेडिकल कलेज आग्रा रेफर गरेको थियो।

बिरामीले आफ्नो पेट आफै काटेको घटना सुनेपछि डाक्टरहरू चकित भएको भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मेडिकल कलेजमा अहिले उनको उपचार भइरहेको छ। उनको स्वास्थ्यमा पनि सुधार भइरहेको डाक्टरहरूलाई उद्धृत गर्दै  द वीकले लेखेको छ। उपचारपछि उनी अहिले सामान्य बोल्न सक्ने भएका छन्।

डाक्टरहरूले आफैले पेट काट्नुको कारण सोध्दा उनले धेरै डाक्टरहरूलाई देखाउँदा पनि उपचार नभएको र दुखाई बढ्दै गएपछि आफैले पेट काटेर हेरेको बताएका छन्। इन्डिया टुडेका अनुसार १८ वर्षअघि राजाबाबुका एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ