2026-09-27 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा

काठमाडौँ | सामाजिक सञ्जाल एक्स (पहिलेको नाम ट्विटर) ले भारत सरकारविरुद्ध कर्नाटक उच्च अदालतमा मुद्दा दायर गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सूचना प्रविधि ऐनअन्तर्गत जारी गरिएका ब्लकिङ आदेशविरुद्ध एक्सले मुद्दा दिएको हो। यो निवेदन मार्च ५ मा दायर गरिएको हो। जसमा सूचना प्रविधि ऐनको धारा ७९ अन्तर्गत ब्लकिङ आदेशलाई चुनौती दिइएको छ।

यो खण्डले एक्स, युट्युब र फेसबुकजस्ता मध्यस्थकर्ताहरूलाई उनीहरूको प्लेटफर्ममा प्रयोगकर्ताहरूले पोस्ट गरेको सामग्रीका लागि जिम्मेवार ठहरिनबाट जोगाउँछ।

भारत सरकारले यस प्रावधानअन्तर्गत कानुनविरुद्ध ब्लक गर्ने आदेश जारी गरेको र सामग्री हटाउने कानुनी प्रक्रियालाई बाइपास गरेको तर्क एक्सले गरेको छ।निवेदनमा भनिएको छ- धेरै केन्द्रीय र राज्य एजेन्सीले विभिन्न विभाग र स्थानीय अधिकारीलाई सामग्री ब्लक गर्ने अधिकार दिएका छन्।

सरकारले सामग्री ब्लक गर्न सजिलो बनाउन “सहयोग पोर्टल” नामक सेन्सरसिप पोर्टल सिर्जना गरेको उल्लेख गर्दै एक्सले आफू यो पोर्टलमा सामेल नहुने निर्णय गरेको निवेदनमा उल्लेख गरेको छ।

फेब्रुअरी १२ मा रेलवे मन्त्रालयले एक्स र अन्य सामाजिक सञ्जाल प्लेटफर्मलाई केही पोस्ट हटाउन आदेश दिएको थियो।

जवाफमा एक्सले फेब्रुअरी १४ मा केन्द्र सरकारलाई पत्र पठाउँदै यस तरिकाले पोस्ट हटाउने आदेश दिनु गैरकानुनी भएको र यसविरुद्ध अदालत जाने बताएको थियो।

फेब्रुअरी २१ मा रेलवे मन्त्रालयले एक्सलाई नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडसँग सम्बन्धित केही पोस्ट हटाउन निर्देशन दिएको थियो।

एक्सले उच्च अदालतमा अपिल गरेको छ- सरकारले यस धाराअन्तर्गत सामग्री ब्लक गर्न सक्दैन र सहयोग पोर्टलमा सामेल नभएकामा एक्सलाई दण्ड दिन पाइँदैन।

अदालतले एक्सविरुद्ध फैसला सुनायो तर यसविरुद्धको पुनरावेदन अझै विचाराधीन छ।

एक्सद्वारा दायर नयाँ मुद्दाको सुनुवाइ मार्च २७ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह