2026-09-27 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिनीज वर्ल्ड रेकर्डमा नाम लेखाउने ‘करुम्बी’ 

काठमाडौँ | भारतको केरलाका एक किसानको स्वामित्वमा  विश्वको सबैभन्दा सानो बाख्रा रहेको छ । हालै यो बाख्रालाई विश्वको सबैभन्दा सानो जीवित बाख्राको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गरिएको छ ।

यसको मालिक पिटर लेनुलाई थाहा थियो कि उनको बाख्रा ‘करुम्बी’ एकदम सानो छ । जब मानिसहरूले उनलाई गिनिज बुकमा नाम दर्ता गराउन सुझाव दिए, उनले प्रक्रिया अगाडि बढाए । गिनिज बुकका अनुसार बाख्राको जन्म सन् २०२१ मा भएको थियो । पूर्ण रूपमा विकसित भइसकेपछि पनि उसको उचाइ १ फिट ३ इन्च मात्र छ । बाख्रा क्यानेडियन पिग्मी प्रजातिको हो, जसमा आनुवंशिक बौनापन छ।

पिग्मी बाख्रा एक सानो, आकर्षक र मिलनसार स्वभावको बाख्रा हो, जुन मुख्यतः पश्चिम अफ्रिकाको क्यामरुन क्षेत्रबाट आएको हो। यसको उचाइ १६-२१ इन्च (४०-५३ सेन्टिमिटर) र तौल २५-३५ किलोसम्म मात्र हुने हुँदा यसलाई कम ठाउँमा सजिलै पाल्न सकिन्छ। यी बाख्राहरू चञ्चल, बुद्धिमान र अरू जनावरहरूसँग छिट्टै घुलमिल हुने भएकाले घरपालुवा जनावरको रूपमा निकै लोकप्रिय छन्। साथै, पिग्मी बाख्राले दिने दूधमा उच्च मात्रामा फ्याट र प्रोटीन पाइने भएकाले दुग्ध उत्पादनका लागि पनि उपयोगी मानिन्छ। सही हेरचाह पाएमा यी बाख्राहरू १०-१५ वर्षसम्म बाँच्न सक्छन्।

पिटर लेनुले गाई, खरायो, कुखुरा र हाँस पनि पालेका छन् । पिटर लेनुको यो बाख्रा अहिले गर्भवती भएकी छे। सोचिएका छ कि उसका पाठापाठी पनि ऊ जस्तै हुनेछ । उनीहरुले नयाँ कीर्तिमान पनि बनाउन सक्छन् । पिटरका अनुसार  कारुम्बी धेरै मिलनसार छे ।

जब पिटरले बाख्राको नाम गिनिज बुकमा दर्ता गर्ने सल्लाह पाए, उनले यसलाई पशु चिकित्सक कहाँ लगेका थिए । परीक्षणमा करुम्बी स्वस्थ छिन् र उनको सानो कद कुनै रोगको कारण नभई प्राकृतिक भएको प्रमाणित भयो। त्यसपछि गिनिज बुकका प्रतिनिधिहरूलाई सम्पर्क गरियो । र अन्ततः यस बाख्राको नाम ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा दर्ता भयो । सो दर्ता भएपछि बाख्रा हेर्न पिटरको घरमा भीड लाग्न थालेको छ ।

धेरैले यो बाख्रासँग सेल्फी लिन्छन् भने कोहीले भिडियो पनि बनाउँछन् र सामाजिक सञ्जालमा हाल्छन् । बाख्राका मालिक पिटर भन्छन्, ‘अब हामी यसबाट बच्चा जन्मिने पर्खाइमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह