2026-09-26 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ | बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजदूत घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो । त्यस अवसरमा दुई मुलुकबीचको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै राजा चार्ल्सले नेपालको विकास प्राथमिकता र यसको प्रगतिमा आफूहरुको सहयोग रहने बताउनुभयो । उहाँले आफ्नो व्यक्तिगत सम्बन्ध र नेपाल भ्रमणका कैयौँ क्षण स्मरण गर्नुभएको राजदूत दुवाडीले बताउनुभयो ।

प्रमाणपत्र ग्रहण गर्दै, राजा चार्ल्स ले राजदूत घिमिरेलाई बेलायतका लागि नेपाली राजदुतको नियुक्तिका लागि बधाई ज्ञापन गर्दैै नेपालसँग र बेलायतको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको दुतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिँदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्दैै पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउन आवश्यक रहेको बताउनु भयो ।

सो समारोहमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीकोतर्फबाट राजा चार्ल्स तृतीयको व्यक्तिगत हित र बेलायती जनताको दिगो समृद्धिको कामनासहित पठाउनुभएको शुभकामना सन्देश सुनाउनुभयो ।

सन् १९३४ मा लन्डनमा नेपालको मिसन स्थापना भएयता औपचारिक रुपमा राजदूतको भूमिका निभाउने घिमिरे २३औँ राजदूत बन्नुभएको हो ।
समारोहमा राजदूत पत्नी सरिता न्यौपाने घिमिरे र दुतावासका कर्मचारी पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह