लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । भारतको उत्तराखण्डको मलपामा भीषण वर्षाका कारण आएको बाढीपहिरो परि १७ जनाको मृत्यु हुनुको साथै ५ जना भारतीय सेना सहित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । भारतको उत्तराखण्डको मलपामा भीषण वर्षाका कारण आएको बाढीपहिरो परि १७ जनाको मृत्यु हुनुको साथै ५ जना भारतीय सेना सहित"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्षाका कारण १७ जनाको मृत्यु, ५ जना भारतीय सेनासहित ११ जना बेपत्ता

३० श्रावण २०७४, सोमबार ११:२८


लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । भारतको उत्तराखण्डको मलपामा भीषण वर्षाका कारण आएको बाढीपहिरो परि १७ जनाको मृत्यु हुनुको साथै ५ जना भारतीय सेना सहित ११ जना बेपत्ता भएका छन् । 

नेपाली बजार दार्चुला जिल्लाको सीमावर्ती बजार धारचुलाबाट झण्डै ८ किलोमिटर टाढा कैलश मानसरोवर मार्ग नजिक मालपा भन्ने क्षेत्रमा आज नेपाली समय अनुसार विहान ३ बजे घटना भएको हो ।

दिउँसोसम्म १७ जनाको शव फेला परेका र अझै पहिरोमा मानिसहरु पुरिएको हुन सक्ने अनुमान गरिएको छ ।

महाकाली नदी किनार नेपाली भूमिमा घाइते अवस्थामा एक महिला फेला परेका छन् । पहिरोमा पुरिएका सैनिक जेसिओ र २ जवानको भने सकुशल उद्धार गरिएको छ । मालपा खोलामा आएको बाढीले ३ ओटा होटेल बगाउनुको साथै दर्जनौँ स्थानिय सहीत २ जना जवान घाइते भएका छन् ।

त्यस्तै भारतको पिथौरागढदेखि १ सय ४५ किलोमटिर दुरीमा रहेको महाकाली नदी किनारमा रहेको भारतीय सुरक्षाको क्याम्पमा समेत पहिरो खसेको भारतीय अनलाइन पत्रिका जारणमा उल्लेख गरिएको छ । उक्त क्षेत्रका सयौँ घरहरु विस्थापित हुनुको साथै हजारौ स्थानियको विचल्ली भएको छ ।

त्यस्तै मांगती र सीमखोलाको मोटरेबल पुल समेत खोलाले बगाएको छ भने भारती सेनाको ३ ट्रक समान सहित ४ ओटा गाडीहरु सहित सेनाका खच्चरहरु समेत बगाएको छ । त्यस्तै सीमावर्ती बजार धारचुलादेखि ८ किलोमिटरमा रहेको ऐलागाड हाइवे अबरुद्ध हुनुको साथै पांगला–मालपा सडक खण्ड अन्तरगत विभिन्न ठाउँमा पहिरो गएकाले आवत जावत बन्द भएको छ ।

५० मिटर भन्दा बढी मानसरोवर जाने मार्ग समेत बाढीले बगाएको छ । उद्धार कार्य जारी रहेको छ । साथै महाकाली नदीमा पानीको बहाव खताराको सचक भन्दा माथि पुगेकाले खतराको संकेत गरिएको छ ।

यस अघि सन् १९९८ अगस्ट १७ को राती समेत भीषण बाढी पहिरोका कारण ६० कैलाश मानसरोवर दर्शनार्थीहरु, आइटीबीपी पुलिस जवान सहित २ सय ६० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला