2026-09-15 04:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘अपरेसन सिन्दूर एक निरन्तर अपरेसन हो’,भारतका संसदीय मामिला मन्त्री किरण रिजिजु

काठमाडौँ । भारतका संसदीय मामिला मन्त्री किरण रिजिजुले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी रहेको बताएका छन्। बिहीबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा बसेको सर्वदलीय बैठकपछि मन्त्री रिजिजुले अपरेसन सिन्दूर निरन्तर चलिरहने अपरेसन भएको प्रतिक्रिया दिएका हुन्। बैठक सकेर बाहिरिएपछि मन्त्री रिजिजुले भनेका छन्, ‘अपरेसन सिन्दूर एक निरन्तर अपरेसन हो।’

उनले रक्षामन्त्री सिंहको अध्यक्षतामा भएको सर्वदलीय बैठक राम्रोसँग सम्पन्न भएको जानकारी दिँदै बैठकमा सबैले गम्भीरतापूर्वक आ-आफ्नो विचार राखेको बताए।
उनले भनेका छन्, ‘सबैभन्दा पहिले रक्षामन्त्रीले अपरेसन सिन्दूरबारे सबै नेताहरूलाई जानकारी गराउनुभयो। उहाँले उनीहरूलाई सम्पूर्ण परिस्थिति र सरकारको मनसायबारे बताउनुभयो विभिन्न दलका नेताहरूले पनि आफ्ना विचार राखे र केही सुझाव दिए।’

किरण रिजिजुले सबै नेताले भारतीय सेनाको हरेक कार्यमा समर्थन रहेको बताएको दाबी गरेका छन्। अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमलामा २६ जना मारिएपछि भारतले यसमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै मंगलबार राति अपरेसन सिन्दूर भन्दै पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको थियो।

जसमा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।जवाफमा बुधबार बिहान पाकिस्तानले पनि कश्मीर क्षेत्रमा गरेको गोलाबारी गरेको र १५ जनाको मृत्यु तथा ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ। जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ