2026-09-26 10:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘विश्वको सबैभन्दा धनी मानिसले विश्वका गरिब बालबालिकालाई मारिरहेको यो कदापी उचित होइन :बिल गेट्स

काठमाडौँ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एलन मस्कले विश्वका सबैभन्दा गरिब बालबालिकाहरु मारिरहेको बताएका छन्। गेट्सले आगामी २० वर्षभित्र आफ्नो ९९ प्रतिशत सम्पत्ति दान गर्ने र गेट्स फाउन्डेशनलाई बन्द गर्ने घोषणा गरिसकेका छन्। फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा, अर्बपति तथा परोपकारी गेट्सले एलन मस्कद्वारा अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएड) मा गरिएको बजेट कटौतीको विषयमा चर्चा गरे। उनले युएसएड विश्वभर विदेशी सहायता वितरण गर्ने प्रमुख एजेन्सीलाई बन्द गर्ने कुराको विरोध गरेका थिए।

गेट्सले उक्त एजेन्सी बन्द गर्ने मस्कको निर्णयलाई बालबालिकाको मृत्युको कारणका रुपमा ब्याख्या गरे। उनले युएसएड बन्द भएसँगै खोप, एचआईभी, र पोलियोजस्ता रोगहरूको पुनःउत्थानको जोखिम बढाएको आरोपसमेत लगाए। उनले मस्क बारे भने, ‘विश्वको सबैभन्दा धनी मानिसले विश्वका सबैभन्दा गरिब बालबालिकालाई मारिरहेको कुराको चित्रण कदापी सुन्दर होइन।’ गेट्सले फाइनान्सियल टाइम्सलाई भने, ‘म चाहन्छु कि उनी (मस्क) ती बालबालिकासँग भेटून्, जो अब एचआईभीबाट संक्रमित भएका छन्, किनभने उनले त्यो पैसा काटे।’

अन्तर्वार्ताको अन्य भागमा, ६९ वर्षीय गेट्सले आगामी दुई दशकभित्र आफ्नो बाँकी सम्पत्ति गैर-नाफामुखी फाउन्डेशनलाई दिने घोषणा गरेका थिए। एक ब्लग पोस्टमार्फत माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो फाउन्डेशनको काम ३१ डिसेम्बर २०४५ भित्र अन्त्य गर्ने घोषणा गरेका छन्। ‘म मरेपछि मानिसहरूले मेराबारेमा धेरै कुरा गर्नेछन्, तर म दृढ छु ‘ऊ धनी भएर मरे’ भन्ने कथन तीमध्ये एक नहोस्,’ गेट्सले आफ्नो ब्लगमा लेखेका छन्। उनले वर्तमान विश्वमा समाधान गर्नुपर्ने अत्यावश्यक समस्याहरू धेरै रहेको र आफूसँग भएका स्रोतहरूलाई मानिसहरूलाई सहयोग गर्न प्रयोग गर्न सकिने सम्भावना हुँदाहुँदै तिनलाई आफ्नो कब्जामा राख्नु उपयुक्त नठान्ने बताए।

उनले भने, ‘त्यसैले मैले पूर्वयोजनाभन्दा निकै छिटो आफ्नो सम्पत्ति समाजमा फिर्ता दिने निर्णय गरेको हुँ।’ उनले आफ्नो फाउन्डेशनले अहिलेसम्म १०० अर्ब डलरभन्दा बढी दान गरिसकेको र आगामी दुई दशकमा थप २०० अर्ब डलर खर्च गर्ने अपेक्षा गरिएको उनले बताए। ब्लगमा उनले फाउन्डेशनका तीन मुख्य लक्ष्यहरू उल्लेख गरेका छन्। जसमा आमाहरू र बालबालिकाको मृत्यु गराउने तर रोक्न सकिने रोगहरूको अन्त्य, मलेरियालगायत संक्रामक रोगहरूको उन्मूलन, करोडौँ मानिसहरूको लागि गरिबी अन्त्यको योजना रहेको बताए।

ब्लूमबर्गको ‘बिलियनेयर इन्डेक्स’ अनुसार, बिल गेट्सको व्यक्तिगत सम्पत्ति अहिले १६८ अर्ब डलर रहेको छ, जसका आधारमा उनी विश्वका पाँचौँ सबैभन्दा धनी व्यक्ति हुन्। ‘गेट्स फाउन्डेशनको उद्देश्य सधैँ यही रहँदै आएको छ कि तपाईं कहाँ जन्मिनुभयो भन्ने कुराले तपाईंको जीवनको अवसरहरू निर्धारण गर्नु हुँदैन। हाम्रो आगामी अध्याय कसरी विश्वलाई अझ समावेशी र स्वास्थ्यपूर्ण भविष्यतर्फ लैजान्छ भन्ने कुराको प्रतीक्षा गर्न मलाई उत्सुकता छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह