९ जेष्ठ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘विश्वको सबैभन्दा धनी मानिसले विश्वका गरिब बालबालिकालाई मारिरहेको यो कदापी उचित होइन :बिल गेट्स

२६ बैशाख २०८२, शुक्रबार १६:५६

काठमाडौँ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एलन मस्कले विश्वका सबैभन्दा गरिब बालबालिकाहरु मारिरहेको बताएका छन्। गेट्सले आगामी २० वर्षभित्र आफ्नो ९९ प्रतिशत सम्पत्ति दान गर्ने र गेट्स फाउन्डेशनलाई बन्द गर्ने घोषणा गरिसकेका छन्। फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा, अर्बपति तथा परोपकारी गेट्सले एलन मस्कद्वारा अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएड) मा गरिएको बजेट कटौतीको विषयमा चर्चा गरे। उनले युएसएड विश्वभर विदेशी सहायता वितरण गर्ने प्रमुख एजेन्सीलाई बन्द गर्ने कुराको विरोध गरेका थिए।

गेट्सले उक्त एजेन्सी बन्द गर्ने मस्कको निर्णयलाई बालबालिकाको मृत्युको कारणका रुपमा ब्याख्या गरे। उनले युएसएड बन्द भएसँगै खोप, एचआईभी, र पोलियोजस्ता रोगहरूको पुनःउत्थानको जोखिम बढाएको आरोपसमेत लगाए। उनले मस्क बारे भने, ‘विश्वको सबैभन्दा धनी मानिसले विश्वका सबैभन्दा गरिब बालबालिकालाई मारिरहेको कुराको चित्रण कदापी सुन्दर होइन।’ गेट्सले फाइनान्सियल टाइम्सलाई भने, ‘म चाहन्छु कि उनी (मस्क) ती बालबालिकासँग भेटून्, जो अब एचआईभीबाट संक्रमित भएका छन्, किनभने उनले त्यो पैसा काटे।’

अन्तर्वार्ताको अन्य भागमा, ६९ वर्षीय गेट्सले आगामी दुई दशकभित्र आफ्नो बाँकी सम्पत्ति गैर-नाफामुखी फाउन्डेशनलाई दिने घोषणा गरेका थिए। एक ब्लग पोस्टमार्फत माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो फाउन्डेशनको काम ३१ डिसेम्बर २०४५ भित्र अन्त्य गर्ने घोषणा गरेका छन्। ‘म मरेपछि मानिसहरूले मेराबारेमा धेरै कुरा गर्नेछन्, तर म दृढ छु ‘ऊ धनी भएर मरे’ भन्ने कथन तीमध्ये एक नहोस्,’ गेट्सले आफ्नो ब्लगमा लेखेका छन्। उनले वर्तमान विश्वमा समाधान गर्नुपर्ने अत्यावश्यक समस्याहरू धेरै रहेको र आफूसँग भएका स्रोतहरूलाई मानिसहरूलाई सहयोग गर्न प्रयोग गर्न सकिने सम्भावना हुँदाहुँदै तिनलाई आफ्नो कब्जामा राख्नु उपयुक्त नठान्ने बताए।

उनले भने, ‘त्यसैले मैले पूर्वयोजनाभन्दा निकै छिटो आफ्नो सम्पत्ति समाजमा फिर्ता दिने निर्णय गरेको हुँ।’ उनले आफ्नो फाउन्डेशनले अहिलेसम्म १०० अर्ब डलरभन्दा बढी दान गरिसकेको र आगामी दुई दशकमा थप २०० अर्ब डलर खर्च गर्ने अपेक्षा गरिएको उनले बताए। ब्लगमा उनले फाउन्डेशनका तीन मुख्य लक्ष्यहरू उल्लेख गरेका छन्। जसमा आमाहरू र बालबालिकाको मृत्यु गराउने तर रोक्न सकिने रोगहरूको अन्त्य, मलेरियालगायत संक्रामक रोगहरूको उन्मूलन, करोडौँ मानिसहरूको लागि गरिबी अन्त्यको योजना रहेको बताए।

ब्लूमबर्गको ‘बिलियनेयर इन्डेक्स’ अनुसार, बिल गेट्सको व्यक्तिगत सम्पत्ति अहिले १६८ अर्ब डलर रहेको छ, जसका आधारमा उनी विश्वका पाँचौँ सबैभन्दा धनी व्यक्ति हुन्। ‘गेट्स फाउन्डेशनको उद्देश्य सधैँ यही रहँदै आएको छ कि तपाईं कहाँ जन्मिनुभयो भन्ने कुराले तपाईंको जीवनको अवसरहरू निर्धारण गर्नु हुँदैन। हाम्रो आगामी अध्याय कसरी विश्वलाई अझ समावेशी र स्वास्थ्यपूर्ण भविष्यतर्फ लैजान्छ भन्ने कुराको प्रतीक्षा गर्न मलाई उत्सुकता छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ पूर्वराजाको राजावादी नेताहरूसँग लन्च मिटिङ रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा,कहिले आउँछ आदेश पेस्तोल र गोलीसहित दुई जना पक्राउ ‘मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार बजेट’ राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने,जनयात्रा झापाबाट सुरू हुने पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध मन्त्री फेरिनु नियमित प्रक्रिया हो,नआत्तिनुस् सबैको पालो आउँछ: डा. सीके राउत गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू ‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’ रवि र छविको बन्दीप्रत्यक्षीकरणको रिटमा सरकारी वकिलको बहस अन्तिम चरणमा परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्छ: मानव अधिकार आयोग चोरी गरिएका मोबाइलसहित ८ जना पक्राउ दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि,२ दिन म्याद थप सर्वोच्चमा रविका कानुन व्यवसायीले भने: अनुसन्धानन नै नगरी रविमाथि मुद्दा चलाइयो भारतमा दुई जना पाकिस्तानी गुप्तचर एजेन्ट पक्राउ,जसमध्ये एक जना नेपाली पाकिस्तानी एजेन्टको रूपमा कार्यरत