२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा

२०८२, २८ बैशाख आईतवार १२:३७

भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल गर्न बैठक बसिरहेको बताइएको छ ।

आणविक–सशस्त्र छिमेकी भारत र पाकिस्तानले शनिबार शत्रुताको अन्त्य गर्न आह्वान गरे र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) सचिव देवजित सैकियाले क्रिकबज वेबसाइटलाई उहाँहरूले ‘विकसित परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको’ बताउनुभएको छ ।

सैकियाले भन्नुभयो, “आइपिएलका सबै सरोकारवाला र सम्बन्धित सरकारी अधिकारीहरूसँग परामर्श गरेपछि आइपिएल पुनः सुरु गर्ने बारे निर्णय लिइनेछ ।”

बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले भारतीय मिडियालाई भविष्यको कार्ययोजना निर्धारण गर्न आइतबार बैठक बस्ने बताउनुभएको छ ।

उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा रहेको धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटलबीचको खेल रद्द भएको एक दिनपछि शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) एक हप्ताका लागि स्थगित गरिएको थियो ।

हवाई क्षेत्र बन्द भएकाले शुक्रबार खेलाडीहरूलाई दिल्ली फर्काउन विशेष रेलको व्यवस्था गरिएको थियो भने विदेशी खेलाडीहरू शनिबारदेखि घर फर्कन थालेका थिए ।

आइतबार टोलीहरूले आफ्ना विदेशी खेलाडीहरू र प्रशिक्षण स्टाफलाई फर्काउनेबारे सम्पर्क गरिरहेको रिपोर्ट गरिएको छ र इएसपिएनक्रिकइन्फो वेबसाइटले सरकारबाट अनुमति मिल्ने भए आइपिएल मे १५ को आसपासमा पुनः सुरु हुनसक्ने जनाएको छ ।

नियमित सिजनका १२ खेल खेल्न बाँकी छन् । त्यसपछि तीन प्लेअफ खेल र फाइनल खेल खेलिनेछन् । फाइनल खेल मूल रूपमा मे २५ मा हुने तय गरिएको थियो ।

भारत र पाकिस्तानले काश्मीरलाई लिएर आफ्ना तीनवटा पूर्ण–स्तरका युद्धमध्ये दुईवटा लडेका छन् । यो विवादित क्षेत्रलाई दुवैले पूर्ण रूपमा दावी गर्छन् तर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेदेखि यसका अलग–अलग भागको प्रशासन गर्दै आएका छन् ।

नयाँदिल्लीले बुधबार बिहान दुई हप्ताअघि भारत नियन्त्रित काश्मीरमा पर्यटकहरूमाथि भएको घातक आक्रमणको जवाफमा मिसाइल आक्रमण गरेको थियो । पर्यटकमाथि भएको आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष दिएको छ ।

इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ ।

बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ६० जनाको मृत्यु भएको छ । यो दक्षिण एसियाली यी दुई छिमेकीबीच दशकौँमा सबैभन्दा खराब हिंसा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण