२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुटिनको प्रस्तावित युक्रेन वार्ता ‘पर्याप्त छैन’ : म्याक्रोन

२८ बैशाख २०८२, आईतवार १४:४२

किएभ र यसका युरोपेली सहयोगीहरूले ३० दिनको युद्धविरामको आह्वान गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव ‘पर्याप्त छैन’ भन्नुभएको छ ।

युक्रेनको यात्राबाट फर्केपछि पोल्यान्डको सहर प्रिजमिस्लमा रेलबाट निस्किँदा म्याक्रोनले पत्रकारहरूलाई भन्नुभयो, “बिना शर्त युद्धविराम वार्ताको माध्यमबाट हुँदैन, ‘पुटिनले’ बाहिर निस्कने उपाय खोजिरहनुभएको छ, तर उहाँ अझै पनि समय किन्न चाहनुहुन्छ ।”

पश्चिमी मित्रराष्ट्रहरूले पुटिनलाई बारम्बार युक्रेनमा सन् २०२२ फेब्रुअरीदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने कुनै पनि सम्भावित प्रयासको सन्दर्भमा ढिलाइको रणनीति अपनाउँदै आएको आरोप लगाउँदै आएका छन् ।

के यो यस्तै अर्को उदाहरण हो भनेर सोधिएको प्रश्नमा म्याक्रोनले जवाफ दिनुभयो, “हो, यो हो ।”

म्याक्रोनले जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूसँग शनिबार किएभको भ्रमण गर्नुभयो र उहाँहरूमध्ये चारजना र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबारदेखि ३० दिनको बिना शर्त युद्धविरामको आह्वान गर्नुभयो ।

रुसले पालन नगरे ‘ठूलो प्रतिबन्ध’ को सामना गर्नुपर्ने म्याक्रोनले चेतावनी दिनुभयो ।

नेताहरूका अनुसार संयुक्त राज्य अमेरिका र अन्य देशले प्रस्तावलाई समर्थन गरेका छन् ।

आइतबार बिहान क्रेमलिनमा बोल्दै पुटिनले आगामी दिनमा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राख्नुभए पनि ३० दिने युद्धविराम प्रस्तावलाई सम्बोधन गर्नुभएन ।

“उहाँ प्रतिबद्ध हुनुहुन्छ भन्ने देखाउँदै र अमेरिकीहरूको नजरमा अस्पष्टता कायम राख्ने कोशिश पनि गर्दै यो उत्तर नदिने तरिका हो”, म्याक्रोनले भन्नुभयो, “हामीले अमेरिकीहरूसँग दृढ भएर उभिनुपर्छ र युद्धविराम बिना शर्त छ भनेर भन्नुपर्छ र त्यसपछि हामी बाँकीबारे छलफल गर्न सक्छौँ ।”

म्याक्रोनले पुटिनको प्रस्ताव ‘युक्रेनीहरूका लागि अस्वीकार्य छ किनभने उनीहरू बम वर्षा भइरहेको बेलामा समानान्तर छलफलहरू स्वीकार गर्न सक्दैनन’ पनि भन्नुभयो ।

सन् २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेको केही समयपछि त्यहाँ भएको ‘जटिल’ रुसी–युक्रेनी वार्तालाई ध्यानमा राख्दै जेलेन्स्की इस्तानबुलमा वार्ता गर्न सहमत हुनुहुनेछ कि छैन भन्ने कुरामा पनि उहाँले शङ्का व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव