२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुटिनको प्रस्तावित युक्रेन वार्ता ‘पर्याप्त छैन’ : म्याक्रोन

२०८२, २८ बैशाख आईतवार १४:४२

किएभ र यसका युरोपेली सहयोगीहरूले ३० दिनको युद्धविरामको आह्वान गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव ‘पर्याप्त छैन’ भन्नुभएको छ ।

युक्रेनको यात्राबाट फर्केपछि पोल्यान्डको सहर प्रिजमिस्लमा रेलबाट निस्किँदा म्याक्रोनले पत्रकारहरूलाई भन्नुभयो, “बिना शर्त युद्धविराम वार्ताको माध्यमबाट हुँदैन, ‘पुटिनले’ बाहिर निस्कने उपाय खोजिरहनुभएको छ, तर उहाँ अझै पनि समय किन्न चाहनुहुन्छ ।”

पश्चिमी मित्रराष्ट्रहरूले पुटिनलाई बारम्बार युक्रेनमा सन् २०२२ फेब्रुअरीदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने कुनै पनि सम्भावित प्रयासको सन्दर्भमा ढिलाइको रणनीति अपनाउँदै आएको आरोप लगाउँदै आएका छन् ।

के यो यस्तै अर्को उदाहरण हो भनेर सोधिएको प्रश्नमा म्याक्रोनले जवाफ दिनुभयो, “हो, यो हो ।”

म्याक्रोनले जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूसँग शनिबार किएभको भ्रमण गर्नुभयो र उहाँहरूमध्ये चारजना र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबारदेखि ३० दिनको बिना शर्त युद्धविरामको आह्वान गर्नुभयो ।

रुसले पालन नगरे ‘ठूलो प्रतिबन्ध’ को सामना गर्नुपर्ने म्याक्रोनले चेतावनी दिनुभयो ।

नेताहरूका अनुसार संयुक्त राज्य अमेरिका र अन्य देशले प्रस्तावलाई समर्थन गरेका छन् ।

आइतबार बिहान क्रेमलिनमा बोल्दै पुटिनले आगामी दिनमा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राख्नुभए पनि ३० दिने युद्धविराम प्रस्तावलाई सम्बोधन गर्नुभएन ।

“उहाँ प्रतिबद्ध हुनुहुन्छ भन्ने देखाउँदै र अमेरिकीहरूको नजरमा अस्पष्टता कायम राख्ने कोशिश पनि गर्दै यो उत्तर नदिने तरिका हो”, म्याक्रोनले भन्नुभयो, “हामीले अमेरिकीहरूसँग दृढ भएर उभिनुपर्छ र युद्धविराम बिना शर्त छ भनेर भन्नुपर्छ र त्यसपछि हामी बाँकीबारे छलफल गर्न सक्छौँ ।”

म्याक्रोनले पुटिनको प्रस्ताव ‘युक्रेनीहरूका लागि अस्वीकार्य छ किनभने उनीहरू बम वर्षा भइरहेको बेलामा समानान्तर छलफलहरू स्वीकार गर्न सक्दैनन’ पनि भन्नुभयो ।

सन् २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेको केही समयपछि त्यहाँ भएको ‘जटिल’ रुसी–युक्रेनी वार्तालाई ध्यानमा राख्दै जेलेन्स्की इस्तानबुलमा वार्ता गर्न सहमत हुनुहुनेछ कि छैन भन्ने कुरामा पनि उहाँले शङ्का व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह