२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाइजेरियामा फैलियो अनौठो रोग, दर्जनौंको मृत्यु

३ भाद्र २०७४, शनिबार ०७:३०

भदौ ३, नाइजेरिया । नाइजेरियामा द्रूत गतिमा फैलिने ‘अनौठो रोग’ का कारण दर्जनौं नागरिकको मृत्यु भएपछि रोगको बिषयमा अनुसन्धान सुरु गरिएको यहाँका अधिकारीले जनाएका छन् ।

शुरुमा पखाला, रगतसहित वान्ता, उच्च ज्वरो जस्ता लक्षणका कारण विरामी पर्ने यसै समस्याका कारण विरामीमा अत्यन्त कमजोरी देखिने र दुई चार दिनभित्र ज्यानै गुमाउने समस्याले विगत तीन हप्तामा ५० जनाको मृत्यु भएको छ । शुक्रबारसम्म रोगका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको द गार्जियन दैनिकले जनाएको छ ।

शुरुमा कोगी राज्यको पश्चिमी क्षेत्रका तीन गाउँमा एक बालकमा उक्त समस्या देखिएको र रोगका कारण गत साता उसको मृत्यु भएको थियो । सो गाउँमा पुगेको चिकित्सकसहितको स्वास्थ्य टोलीले गाउँमा पुगेर नमूना ल्यावमा पठाएको थियो । नमूना परीक्षणबाट गाउँमा अफ्रिकी मुलुकमा देखापर्ने गरेको लास्सा ज्वरो वा रक्तस्रावसम्वन्धी समस्या नभेटिएको बताउँदै उक्त रोग नयाँ प्रकृतिको भएको बताइएको छ ।

यस बिषयमा प्रभावित क्षेत्रमा पुगेका मेडिकल कन्सल्टेन्ट जेनेटे हाथोर्नले बिहीबार सञ्चारकर्मीसँग भने, “समस्या लास्सा ज्वरोका कारण भएको नभएको तर साच्चै के समस्या हो भन्नेमा हामीलाई थाहा हुन सकेको छैन । हामी अझै अन्तिम निष्कर्षमा पुग्न सकेका छैनौ‌।”

विश्व स्वास्थ्य सङ्गठनका प्रभावित क्षेत्रमा उपलव्ध प्रतिनिधिले विरामीबाट नमूना सङ्कलन गरी थप परीक्षणका लागि पठाएकाले रिपोर्टपछि मात्र रोग पत्ता लाग्ने बताए। 

कोगी राज्यका स्वास्थ्य प्रमुख साका आउदुले गाउँको अवस्था ‘गम्भीर’ भएको बताए। सरकारले यसबारे पूर्ण जिम्मेवारी लिँदै अवस्थालाई छिट्टै नियन्त्रणमा ल्याइने बताए । उनले रोगको छिट्टै निधान हुने बताए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला