भदौ ३, काठमाडौँ । डोकलाममा भारत र चीनबिचको गतिरोधमा जापानले आफ्नो बयान सार्वजनिक गरेको छ । 

जापानले यथास्थिती परिवर्तन गर्न ताकतको प्रयोग हुन नहु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३, काठमाडौँ । डोकलाममा भारत र चीनबिचको गतिरोधमा जापानले आफ्नो बयान सार्वजनिक गरेको छ । 

जापानले यथास्थिती परिवर्तन गर्न ताकतको प्रयोग हुन नहु"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोकलाम विवादमा भारतको साथमा किन उभियो जापान ?

३ भाद्र २०७४, शनिबार ०९:१२


भदौ ३, काठमाडौँ । डोकलाममा भारत र चीनबिचको गतिरोधमा जापानले आफ्नो बयान सार्वजनिक गरेको छ । 

जापानले यथास्थिती परिवर्तन गर्न ताकतको प्रयोग हुन नहुने बताएको छ । जापानका धेरैजसो पत्रिकाले उक्त मुद्दालाई बलले नभई कुराकानीमार्फत सुल्झाउनुपर्ने बताएका छन् ।

जापानको ताजा दृष्टिकोणबाट यस्तो लाग्छ कि जापान भारतको पक्षमा छ तर उसको आफ्नै चिन्ता छन् । सेन्साकू द्वीपसमूहको विषयमा एक समय चीन र जापानबिच गहिरो तनाव पैदा भएको थियो र अहिलेसम्म पनि दुबैबिच तनाव जारी छ ।

चीन वास्तवमा सेंकाकूको विषयमा जापानसँग नभई अमेरिकासँग निहुँ खोजिरहेको थियो । तर अमेरिकाले सेंकाकूमाथि हमला भए त्यसको जवाफ अमेरिकाले दिने सम्झौता जापानसँग भएको बताएपछि चीन चुप लागेको हो ।

अमेरिकासँग भारत नजिकिएपछि रिसाएको छ चीनः

केही समय अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमण गएका थिए । यस्तो लाग्छ कि अमेरिका र भारतको दोस्ती चीनलाई मन परिरहेको छैन । अमेरिकी विचारकले पनि डोकलाममा सडक बनाउँदा चीनलाई धेरै फाइदा नहुने तर भारतलाई नोक्सानी हुने बताएका छन् ।

अब चीनले यति धेरै तयारी गरिरहेको छ, ब्लड बैंकमा रगत जम्मा गरिँदै छ, ४० विमान तैनाथ गरिएका छन् । यो मामलामा जापानले भारतको साथ त दिनेछ तर कुन हदसम्म, त्यो भन्न सकिन्नँ ।

१३ र १५ सेप्टेम्बरमा जापानका प्रधानमन्त्री शिन्जो आबे भारत भ्रमणमा जानेछन् र संयुक्त सैन्य अभ्यास पनि हुनेछ । यसबाट यो अनुमान लगाउन सकिन्छ कि जापानले हिन्दुस्तानलाई डोकलाममा समर्थन गर्नेछ । तर यसबारे कुनै आँकलन गर्नु हतार हुनेछ ।

चीनको भारत र जापानसँग आर्थिक सम्बन्ध छ । यस्तो तनावको स्थितीमा पनि यो सम्बन्ध कायम छ । न त भारत सरकारले चीनको लगानी रोकेको छ न नै जापानले । जब आर्थिक व्यवस्था जारी छ, युद्ध भएछ भने पनि निकै सिमित हुनेछ ।  आर्थिक पक्षले निकै बलियो स्थान ओगटेको हुन्छ । जहाँ लडाईं हुने निश्चित हुन्छ त्यहाँ आर्थिक विनिमय पूर्ण रुपमा रोकिएको हुन्छ ।

युद्ध भए भारतले एक्लै लड्नुपर्छः

जुन देशको दक्षिण चीन सागरको विषयमा चीनसँग विवाद छ, के उनीहरुले भारतको साथ दिनेछन् ? उनीहरुको बयानको आशा गर्न सकिएपनि कुन हदसम्म सहयोग पाइन्छ त्यो भने यकिनका साथ भन्न सकिन्न । यदि भारतको लडाईं भयो भने एक्लै लड्नुपर्छ ।

राजनयिक स्तरमा भारतको स्थिती राम्रो छ । चीनमा मानिसहरु भारत विरुद्ध भएपनि अन्य देशका मानिसहरु भारतको पक्षमा छन् । -बीबीसीबाट   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला