भदौ ३, काठमाडौँ । डोकलाममा भारत र चीनबिचको गतिरोधमा जापानले आफ्नो बयान सार्वजनिक गरेको छ । 

जापानले यथास्थिती परिवर्तन गर्न ताकतको प्रयोग हुन नहु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३, काठमाडौँ । डोकलाममा भारत र चीनबिचको गतिरोधमा जापानले आफ्नो बयान सार्वजनिक गरेको छ । 

जापानले यथास्थिती परिवर्तन गर्न ताकतको प्रयोग हुन नहु"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोकलाम विवादमा भारतको साथमा किन उभियो जापान ?

२०७४, ३ भाद्र शनिबार ०९:१२


भदौ ३, काठमाडौँ । डोकलाममा भारत र चीनबिचको गतिरोधमा जापानले आफ्नो बयान सार्वजनिक गरेको छ । 

जापानले यथास्थिती परिवर्तन गर्न ताकतको प्रयोग हुन नहुने बताएको छ । जापानका धेरैजसो पत्रिकाले उक्त मुद्दालाई बलले नभई कुराकानीमार्फत सुल्झाउनुपर्ने बताएका छन् ।

जापानको ताजा दृष्टिकोणबाट यस्तो लाग्छ कि जापान भारतको पक्षमा छ तर उसको आफ्नै चिन्ता छन् । सेन्साकू द्वीपसमूहको विषयमा एक समय चीन र जापानबिच गहिरो तनाव पैदा भएको थियो र अहिलेसम्म पनि दुबैबिच तनाव जारी छ ।

चीन वास्तवमा सेंकाकूको विषयमा जापानसँग नभई अमेरिकासँग निहुँ खोजिरहेको थियो । तर अमेरिकाले सेंकाकूमाथि हमला भए त्यसको जवाफ अमेरिकाले दिने सम्झौता जापानसँग भएको बताएपछि चीन चुप लागेको हो ।

अमेरिकासँग भारत नजिकिएपछि रिसाएको छ चीनः

केही समय अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमण गएका थिए । यस्तो लाग्छ कि अमेरिका र भारतको दोस्ती चीनलाई मन परिरहेको छैन । अमेरिकी विचारकले पनि डोकलाममा सडक बनाउँदा चीनलाई धेरै फाइदा नहुने तर भारतलाई नोक्सानी हुने बताएका छन् ।

अब चीनले यति धेरै तयारी गरिरहेको छ, ब्लड बैंकमा रगत जम्मा गरिँदै छ, ४० विमान तैनाथ गरिएका छन् । यो मामलामा जापानले भारतको साथ त दिनेछ तर कुन हदसम्म, त्यो भन्न सकिन्नँ ।

१३ र १५ सेप्टेम्बरमा जापानका प्रधानमन्त्री शिन्जो आबे भारत भ्रमणमा जानेछन् र संयुक्त सैन्य अभ्यास पनि हुनेछ । यसबाट यो अनुमान लगाउन सकिन्छ कि जापानले हिन्दुस्तानलाई डोकलाममा समर्थन गर्नेछ । तर यसबारे कुनै आँकलन गर्नु हतार हुनेछ ।

चीनको भारत र जापानसँग आर्थिक सम्बन्ध छ । यस्तो तनावको स्थितीमा पनि यो सम्बन्ध कायम छ । न त भारत सरकारले चीनको लगानी रोकेको छ न नै जापानले । जब आर्थिक व्यवस्था जारी छ, युद्ध भएछ भने पनि निकै सिमित हुनेछ ।  आर्थिक पक्षले निकै बलियो स्थान ओगटेको हुन्छ । जहाँ लडाईं हुने निश्चित हुन्छ त्यहाँ आर्थिक विनिमय पूर्ण रुपमा रोकिएको हुन्छ ।

युद्ध भए भारतले एक्लै लड्नुपर्छः

जुन देशको दक्षिण चीन सागरको विषयमा चीनसँग विवाद छ, के उनीहरुले भारतको साथ दिनेछन् ? उनीहरुको बयानको आशा गर्न सकिएपनि कुन हदसम्म सहयोग पाइन्छ त्यो भने यकिनका साथ भन्न सकिन्न । यदि भारतको लडाईं भयो भने एक्लै लड्नुपर्छ ।

राजनयिक स्तरमा भारतको स्थिती राम्रो छ । चीनमा मानिसहरु भारत विरुद्ध भएपनि अन्य देशका मानिसहरु भारतको पक्षमा छन् । -बीबीसीबाट   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण