2026-09-26 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मस्कलाई फसाउन यौन र लागुपदार्थ प्रयोग गरियो : पूर्व एफबीआई एजेन्ट बुमा

पूर्व एफबीआई एजेन्ट जोनाथन बुमाले रुसी गुप्तचर संस्था जीआरयूले सिलिकन भ्यालीका हस्तीहरूलाई प्रभावमा पार्न अनेकौं प्रयास गरेको जिकिर गरेका छन् । खासगरी एलन मस्क र भेञ्चर पुँजीकर्ता पीटर थिएल लगायतलाई प्रभावमा पार्न विशेष अपरेसनहरू सञ्चालन गरिएको बुमाले दाबी गरेका छन् । विशेष अपरेशनका क्रममा यौन, लागूपदार्थ र विलासी जीवनशैली समेतको प्रयोग गरिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वीकृतिमा यो अभियान सञ्चालन भएको बुमाले जिकिर गरेका छन् । ‘पुटिनले व्यक्तिगत रूपमा थाहा नपाई वा स्वीकृति नदिई यस्तो अपरेसन चलाइँदैनथ्यो,’ जर्मन सञ्चार संस्था जीडीएफसँग उनले भनेका छन् । बुमाले दाबी गरेअनुसार, जीआरयूले एलन मस्क र पीटर थिएलजस्ता प्रभावशाली व्यक्तिहरूलाई प्रभावमा पार्न ब्ल्याकमेलका लागि प्रयोग गर्न सकिने गोप्य र संवेदनशील सामग्री जम्मा गरेको थियो ।

बुमालेरीमाएफको डकुमेन्टरीमा भनेका छन्, ‘मस्क महिलासँगको यौन सम्बन्ध र लागूपदार्थ (विशेष गरी केटामिन) प्रयोगप्रति आकर्षित भएको कुरा रुसी गुप्तचर एजेन्सीका लागि अवसरका रूपमा देखिएको थियो।’ बुमालेरीमा उनले अगाडि भनेका छन्, ‘यसलाई पुष्टि गर्ने पर्याप्त प्रमाणहरू छन्, जुन अत्यधिक छ ।’ बुमाले मस्कको बर्निङ म्यानजस्ता डेजर्ट पार्टीहरू, वयस्क मनोरञ्जन (एडल्ट इन्टरटेनमेन्ट), र जुवा खेल्ने रुचिलाई पनि रुसी सुरक्षाअधिकारीहरूले सम्पर्कको सम्भावित मार्ग बनाएका थिए ।

बुमाका अनुसार, यो केवल जीआरयूको अपरेसन मात्र थिएन – पुटिन स्वयं यसका पछाडि थिए। ‘दुवै (मस्क र थिएल) सँग सम्पर्क गर्न पठाइएका दूतहरूले पुटिनसँग प्रत्यक्ष भेटको प्रस्ताव गरेका थिए,’ बुमाले जिकिर गरेका छन्। बुमाले एलन मस्क र पुटिनबीच सम्भवत: धेरैपटक प्रत्यक्ष सम्पर्क भएको जानकारी आफूसँग रहेको दाबी गरेका छन् । बुमाले२४ मा वाल स्ट्रिट जर्नलले पनि मस्क र पुटिनबीच गुप्त कुराकानी भएको पुष्टि गरेको रिपोर्ट प्रकाशित गरेको थियो। त्यसअनुसार मस्क कम्तीमा सन् २०२२ देखि पुटिनसँग प्रत्यक्ष सम्पर्कमा थिए।

जीआरयू रूसको सबैभन्दा शक्तिशाली गुप्तचर निकायमध्ये एक हो जुन आक्रामक र गोप्य अन्तर्राष्ट्रिय अपरेसनहरूका लागि परिचित छ । यो निकायले विदेशी सैन्य अपरेसन र जासुसी गतिविधिलाई नियन्त्रण गर्छ ।

जीडीएफको डकुमेन्टरीमा यी आरोप लगाउने बुमा गत मार्चमा पक्राउ परेका थिए र गोप्य सूचना चुहाएको आरोपसहित अभियोजन लगाइएको छ। उनी हाल १ लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन्। एलन मस्कको युक्रेनप्रति धारणा समयसँगै फेरिएको छ। सन् २०२२ मा उनले युक्रेनी सेनालाई आफ्नो स्टारलिंक स्याटेलाइट सेवा निःशुल्क प्रदान गरेका थिए। तर पछि उनले त्यो सहयोग फिर्ता लिने धम्की दिएका थिए।

सन् २०२४ सम्म आइपुग्दा उनी कीभ सरकारप्रति आलोचक बन्दै गएका थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट हुँदै हाल उनी ट्रम्पका सल्लाहकार बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह