2026-09-26 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युट्युबमा सर्वाधिक रुचाइएका मिस्टरबिस्ट २७ वर्षकै उमेरमा सेल्फमेड बिलिनियर बन्न सफल

काठमाडौं । युट्युबमा सबैभन्दा धेरै पछ्याइएका सेलिब्रेटी मिस्टरबिस्ट २७ वर्षकै उमेरमा अर्बपति बनेका छन् । सेलिब्रेटी नेटवर्थका अनुसार उनी सबैभन्दा कान्छा ‘सेल्फमेड बिलिनियर’ बने । उनले १ अर्ब डलरको सम्पत्ति कमाएका छन् । उनी भाइरल भिडियो, मिस्टरबिस्ट बर्गर र फिस्टेबल्स जस्ता व्यावसायिक उद्यम तथा प्रमुख परोपकारी कार्यका लागि परिचित छन् ।

मिस्टरबिस्टले भाइरल भिडियोबाहेक अन्य क्षेत्रबाट पनि प्रभावशाली आम्दानी गरिरहेका छन् । सन् २०२० मा, उनले मिस्टरबिस्ट बर्गर सुरु गरे, जुन डेलिभरी फास्ट-फूड चेन थियो जसले आफ्नो प्रसिद्धीको चरमचुलीमा प्रतिमहिना २.३ मिलियन डलर आम्दानी गर्ने जनाइएको छ । उनले फेस्टेबल्स नामक चकलेट कम्पनीको पनि स्थापना गरे जसले सुरुवाती महिनाहरूमा १० मिलियन डलरभन्दा बढी आम्दानी गर्‍यो । मिस्टरबिस्टले क्रिएटिभ जुससँग मिलेर जुस फन्ड्सको सह-स्थापना पनि गरे, जसले बढ्दो कन्टेन्ट क्रिएटर्सको लागि २ लाख ५० हजार डलरसम्मको कोष प्रदान गर्दछ ।

मिस्टरबिस्टले आफू बित्नुअघि सबै पैसा दान गर्ने बारम्बार वाचा गरेका छन्, र यसलाई आफ्नो जीवनको लक्ष्य ‘धेरै पैसा कमाउने, र त्यसपछि सकेसम्म धेरै राम्रो गर्दै सबै दान गर्ने’ बताएका छन् । उनले ब्रेकआउट क्रिएटर, युट्युबर अफ द इयर (२०२०) जस्ता अवार्ड जितेका छन् र सन् २०१९ मा सर्टी अवाड्र्समा भ्लगर अफ द इयरको रूपमा मनोनित भएका थिए ।

जिमी डोनाल्डसनको जन्म मे ७, १९९८ मा उत्तरी क्यारोलिनाको ग्रिनभिलमा भएको थियो । उनले १२ वर्षको उमेरमा ‘मिस्टरबिस्ट६०००’ नामक युट्युब ह्याण्डलबाट करिअर थालेका थिए । ग्रिनभिल क्रिश्चियन एकेडेमीबाट स्नातक गरेपछि, उनले पूर्ण समय सामग्री सिर्जना गर्ने निर्णय गरे, आफ्नो बढ्दो अनलाइन उपस्थितिमा ध्यान केन्द्रित गर्न कलेज छोड्ने निर्णय गरे ।

उनले मिस्टरबिस्ट, बिस्ट रियाक्ट्स, मिस्टरबिस्ट गेमिङ, मिस्टरबिस्ट फिलान्थ्रोपीसहित धेरै युट्युब च्यानल संचालन गरिरहेका छन् । यी सबै युट्युब च्यानललाई सामूहिकरुपमा ४१ करोड ५० लाख भन्दा धेरैले सब्सक्राइब गरेका छन् । उनको मुख्य च्यानलमा मात्र २७ करोड सदस्य छन् । यो च्यानल विश्वमै सर्वाधिक पछ्याइने च्यानल हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह