2026-11-10 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी कर नीतिका कारण जर्मनीले अझै दुई वर्ष मन्दीको सामना गर्नुपर्ने

काठमाडौँ । संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्ध तीव्र गतिमा बढ्दै गएमा जर्मनीले अझै दुई वर्षको आर्थिक मन्दीको सामना गर्नुपर्ने जर्मनीको केन्द्रीय बैङ्कले शुक्रबार जनाएको छ ।

यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर जुलाईदेखि पूर्ण रूपमा लागू हुने हो र ईयूले प्रतिकार गर्ने हो भने जर्मनीको उत्पादन यस वर्ष ०.५ प्रतिशत र सन् २०२६ मा ०.२ प्रतिशतले घट्ने बुन्डेस बैङ्कले प्रक्षेपण गरेको छ ।

अमेरिकी करनीतिका कारण जर्मनीको निर्यातमा उल्लेखनीय गिरावट आएको र लगानीमा ठूलो अनिश्चितता रहेको बैङ्कले जनाएको छ ।

जर्मनीले सन् २०२७ मा एक प्रतिशतको पुनरुत्थानसहित आर्थिक वृद्धिको मार्ग समात्ने बैङ्कको अनुमान छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि उत्पादनमा आएको मन्दी र बढ्दो ऊर्जा मूल्यका कारण युरोक्षेत्रको परम्परागत वृद्धि यन्त्र विगत दुई वर्षदेखि सङ्कुचित भइसकेको छ, तर यस वर्षबाट सामान्य सुधारको आशा उच्च रहेका भएपनि यसलाई अमेरिकी कर नीतिले प्रभाव पार्ने देखिएको छ ।

ट्रम्पले अप्रिलको सुरुमा आफ्नो ‘लिबरेशन डे’ करको अनावरण गर्दै संयुक्त राज्य अमेरिकासँग व्यापार गर्ने सामानहरूमा भारी अधिशेषमा २० प्रतिशत करको साथ युरोपेली सङ्घलाई प्रहार गर्ने धम्की दिनुभयो ।

उहाँले सम्झौताको प्रयास गर्ने अनुमति दिँदै जुलाईसम्मका लागि ती उच्च दरहरू रोक्ने निर्णय गर्नुभएको छ ।

हालै मात्र उहाँले इयूलाई ५० प्रतिशत कर दर थोपर्ने बताउनुभएको थियो । यद्यपिल उहाँले त्यो उपायमा पनि ढिलाइ गर्नुभएको छ ।

इयू समूहले अझै पनि केहि विशिष्ट क्षेत्रहरूमा उच्च करहरूबाहेक संयुक्त राज्य अमेरिकामा हुने यसको सबै निर्यातमा ‘आधारभूत’ अर्थात् १०–प्रतिशत कर दरको सामना गरिरहेको छ ।

सन् २०२४ मा संयुक्त राज्य अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको र यसले ठूलो परिमाणमा कार, औषधि र मेशिनरी प्राप्त गरेको थियो।

अमेरिकी व्यापार नीतिले जर्मनीमा मध्यम प्रभाव पार्ने परिकल्पना गरेको छ किनकि नयाँ चान्सलर फ्रेडरिक मर्जको पूर्वाधार र रक्षामा योजनाबद्ध खर्च वृद्धिले अर्थव्यवस्थालाई समर्थन गर्न मद्दत गर्दछ।

यी पूर्वानुमानअनुसार सन् २०२६ मा ०.७ प्रतिशत र सन् २०२७ मा १.२ प्रतिशतले वृद्धि हुनुअघि यस वर्ष अर्थतन्त्र स्थिर रहनेछ ।

जर्मनीको सरकार र धेरै आर्थिक संस्थानहरूले ट्रम्पको व्यापार युद्धका कारण उत्पन्न अनिश्चितताको हवाला दिँदै यस वर्षको लागि आफ्नो वृद्धि पूर्वानुमानलाई शून्यमा झारेका छन्।

युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले विश्वव्यापी अनिश्चितताको सामना गर्न ‘राम्रो अवस्थामा’ मा रहेको भन्दै बिहीबार आफ्नो ब्याजदरमा समायोजन गरेको छ ।

व्यापक रूपमा अपेक्षा गरिएअनुसार नै इसिबीले आफ्नो प्रमुख निक्षेप दरलाई लगातार सातौं पटक कटौती गर्दै ऋण लागत घटाउन थालेको यसअघिको दरमा एक चौथाई अर्थात् ०.२५ अङ्कले दर घटाएर दुई प्रतिशतमा झारेको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर आक्रमणले मूल्यमा गिरावटको दबाब सिर्जना गरेपछि यसले मुद्रास्फीतिको पूर्वानुमानलाई पनि घटाएको छ । सूचकले अब यस वर्ष मुद्रास्फीतिलाई दुई प्रतिशतमा झार्ने केन्द्रीय बैङ्कको लक्ष्यलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने