३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, ‘जातीय पूर्वाग्रही सोच’ को आरोप

२५ जेष्ठ २०८२, शनिबार १६:०१

इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११ मध्यपूर्व तथा अफ्रिकी मुलुकहरूका नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्धको कडा आलोचना गर्दै उक्त निर्णयलाई ‘जातीय पूर्वाग्रही मानसिकताको प्रतिविम्ब’ भएको बताएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी पहिलेको कार्यकालमा लागू गरिएको जस्तै व्यापक प्रतिबन्धहरू पुनः लागू गर्ने घोषणा गरेका थिए । उक्त निर्णय कोलोराडोमा आयोजित एक इजरायल समर्थक भेलामा भएको आगजनी आक्रमणपछि राष्ट्रिय सुरक्षाको आधारमा गरिएको हो ।

इरानी विदेश मन्त्रालयअन्तर्गत विदेशस्थित इरानी नागरिक मामिलाका महानिर्देशक अलिरेज़ा हाशेमी–रजा का अनुसार, जुन ९ देखि लागू हुने यो प्रतिबन्ध ‘अमेरिकी नीतिनिर्माताहरूमा जातीय श्रेष्ठताको सोच हाबी भएको स्पष्ट सङ्केत’ हो ।

उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “यो निर्णयले इरानी तथा मुस्लिम समुदायप्रति अमेरिकी नीतिनिर्माताहरूको गहिरो वैरभाव दर्शाउँछ ।”

इरानबाहेक, प्रतिबन्ध लाग्ने अन्य देशहरूमा अफगानिस्तान, म्यानमा, चाड, कङ्गो (ब्राजाभिल), इक्वेटोरियल गिनी, एरिट्रिया, हेइटी, लिबिया, सोमालिया, सुडान र यमन परेका छन् । साथै, थप सात देशका नागरिकहरूलाई पनि आंशिक रूपमा यात्रा प्रतिबन्ध लगाइएको छ ।

हाशेमी रजाले भन्नुभयो,“यस नीतिले अन्तर्राष्ट्रिय कानुनका मौलिक सिद्धान्तहरू उल्लंघन गर्दछ र नागरिकता वा धर्मको आधारमा करोडौँ मानिसलाई यात्रा गर्न पाउने अधिकारबाट वञ्चित गराउँछ ।”

उहाँले यस प्रतिबन्धलाई विभेदकारी भन्दै अमेरिकालाई यसको अन्तर्राष्ट्रिय कानुनी जवाफदेहीको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ, यद्यपि सोको विस्तृत विवरण उल्लेख गरिएको छैन ।

 

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र अमेरिकाबीच कूटनीतिक सम्बन्ध पूर्ण रूपमा विच्छेद भएको हो । त्यसयता, दुबै मुलुकबीचको सम्बन्ध लगातार तनावग्रस्त रहँदै आएको छ ।

 

इरानबाहिर सबैभन्दा ठूलो इरानी समुदाय संयुक्त राज्य अमेरिकामै बसोबास गर्छ । इरानी विदेश मन्त्रालयका अनुसार, सन् २०२० मा अमेरिका भित्र करिब १५ लाख इरानी नागरिक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छः मन्त्री अधिकारी त्रिविमा अध्ययन बिदा रहेका १८७ शिक्षक/कर्मचारी बिदामै कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली