2026-10-07 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध : अर्थशास्त्री इगोर

संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा एल्युमिनियममा ५० प्रतिशतसम्मको भन्सार शुल्कवृद्धिले विश्व व्यापारमा असन्तुलन र अविश्वास बढ्न सक्ने चिन्ता एक वरिष्ठ अर्थविश्लेषकले व्यक्त गर्नुभएको छ ।

बोस्निया हर्जेगोभिनाका आर्थिक विश्लेषक गावरान इगोरले अमेरिकाको पछिल्लो निर्णयले बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर पार्ने भन्दै यस्तो एकपक्षीय कदमले दीर्घकालीन रूपमा सबै देशहरूलाई असर गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “यस प्रकारका एकतर्फी नीतिहरूले आपसी विश्वासलाई खल्बल्याउँछ र साझेदार देशहरूलाई समकक्षको रूपमा नभई अधीनस्थको रूपमा व्यवहार गरिएको महसुस गराउँछ ।”

उहाँले निष्पक्ष, पारस्परिक सहयोग र आपसी लाभमा आधारित विश्वव्यापी व्यापार प्रणालीको आवश्यकता औंल्याउँदै यस्ता कार्यहरूलाई ‘आर्थिक दबाब’ तथा ‘अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन’ को रूपमा व्याख्या गर्नुभयो ।

बोस्नियाको अर्थतन्त्र मुख्यतः युरोपेली आपूर्ति श्रृङ्खलासँग जोडिएको बताउँदै उहाँले नयाँ भन्सार नीतिको प्रत्यक्ष असर रक्षा तथा धातुजन्य निर्यात उद्योगहरूमा पर्न सक्ने उल्लेख गर्नुभयो । अमेरिकामा हुने बोस्नियाली निर्यातमध्ये ६० प्रतिशतभन्दा बढी रक्षा क्षेत्रमा केन्द्रित रहेको र हाल ती सामानमा ३५ प्रतिशतसम्म शुल्क लाग्ने भएको जानकारी दिनुभयो ।

उहाँले अन्त्यमा साना अर्थतन्त्र भएका मुलुकहरूको हितका लागि निष्पक्ष, स्थिर र बहुपक्षीय व्यापार संरचना विकास गर्न विश्व समुदायले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो