भदौ १३, वासिङ्टन | उत्तर कोरियाले जापानी सामुद्रिक क्षेत्र हुँदै मङ्गलबार बिहानै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, वासिङ्टन | उत्तर कोरियाले जापानी सामुद्रिक क्षेत्र हुँदै मङ्गलबार बिहानै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियालद्वारा जापानमाथि क्षेप्यास्त्र प्रयोगपछि अमेरिकि राष्ट्रपतिले मुख खोले

१३ भाद्र २०७४, मंगलवार १३:१४

भदौ १३, वासिङ्टन | उत्तर कोरियाले जापानी सामुद्रिक क्षेत्र हुँदै मङ्गलबार बिहानै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिक्रिया दिँदै अव ‘सवै विकल्प खुल्ला’ रहेको बताउनुभएको छ । 

तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार यस क्षेत्र र समग्र विश्व समुदायबाट एक्लिने गतिविधि बाहेक अरु केही नभएको ह्वाइट हाउसले मङ्गलबार जारी गरेको वक्तव्यमा भनिएको छ । 

“अन्य मुलुकलाई तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार विश्व समुदायबाट एक्लिने गतिविधि देखिएको छ,” वक्तव्यमा भनिएको छ । यससँगै उत्तर कोरिया विरुद्धका सवै विकल्प खुला रहेको, ट्रम्पले बताउनुभएको छ । 

यसैबीच राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान ताई सोङले प्योङयाङको जापानी आकासको बाटो समुद्रमा गरिएको क्षेप्यास्त्र प्रक्षेपण कोरियाली प्रायदीपमा अमेरिकी हस्तक्षेप विरुद्धको कडा प्रतिकारको उपाय भएको बताउनुभएको छ । 

राष्ट्रसंघको निशस्त्रीकरण सम्बन्धि जेनेभा भेलालाई सम्बोधन गर्दै ताइ सोङले भन्नुभयो, “पटक पटकका चेतावनीपछि पनि अहिले अमेरिकाले दक्षिण कोरियाली भूमिमा सैनिक अभ्यास गरी खुला रूपमा उत्तर कोरियामाथि शत्रुवत व्यवहार देखाएको छ । यसप्रति प्रतिक्रिया दिनु मेरो देशका कर्तव्य हुन्छ ।” सोङले जापानी क्षेत्रमा प्रक्षेपण गरेको क्षेप्यास्त्रबारे प्रत्यक्ष केही नभनीकनै भन्नुभयो, कोरियाली प्रायदीपमा देखिएको तनावका कारण ‘कुनैपनि विनासकारी दुखद नतिजा’ को सिर्जना भएमा यसप्रति अमेरिका जिम्मेवार रहनुपर्ने चेतावनी दिनुभयो । 

प्योङयाङले आत्मरक्षाका लागि प्रतिवाद गर्ने अधिकार रहेको पनि उत्तरकोरियाली राजदूत सोङको जिकिर थियो । 

यसैगरी अमेरिकी राजदूत रोबर्ट वुडले उत्तर कोरियाले केही समय यता देखाइरहेका उत्तेजक गतिविधिलाई अन्त्य गर्नेमा विश्वास व्यक्त गर्नुभयो । रासस/एएफ्पी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ