भदौ १४, एजेन्सी | उत्तर कोरियाले जापानी आकाशमाथि मंगलबार बिहान प्रहार गरेको मिसाइललार्इ 'सुरुवात मात्र हो' भन्दै थप आतंक सृजना गर्नसक्ने संकेत दिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, एजेन्सी | उत्तर कोरियाले जापानी आकाशमाथि मंगलबार बिहान प्रहार गरेको मिसाइललार्इ 'सुरुवात मात्र हो' भन्दै थप आतंक सृजना गर्नसक्ने संकेत दिएको छ । 
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जापानी आकाशमाथिको मिसाइल परीक्षण सुरुवात मात्र हो’ – किम जोन

१४ भाद्र २०७४, बुधबार ११:३६

भदौ १४, एजेन्सी | उत्तर कोरियाले जापानी आकाशमाथि मंगलबार बिहान प्रहार गरेको मिसाइललार्इ 'सुरुवात मात्र हो' भन्दै थप आतंक सृजना गर्नसक्ने संकेत दिएको छ । 

मंगलर बिहानको मिसार्इल परीक्षणको विश्वभर कडा आलोचना भर्इरहेका बेला उत्तरले भने यसलार्इ थप परीक्षणका लागि सुरुवात मात्र भएको बताएको छ । प्रशान्त क्षेत्रमा सैन्य अभ्यासको सुरुवात भन्दै उत्तरले थप परीक्षण गर्ने चेतावनी दिएपछी उत्तरकोरिया थप कठोर रुपमा उत्रन सक्ने संकेत देखिएको अधिकारीहरुको विश्लेषण छ ।

उत्तर कोरियाले परिक्षण गरेको मिसाइल जापानी आकाश हुँदै जापानको उत्तरी होक्काइदो आर्इस्ल्याण्डमा खसेको थियो । मिसाइल जापानको आकास माथि आउनासाथ जापानमा साइरन बजेको थियो भने तत्काल जापानका प्रधानमन्त्रीले आफ्ना देशका नागरिकलार्इ सुरक्षित रहन आग्रह गरेका थिए ।

त्यस्तै मंगलबार अमेरिका र जापानले संयुक्त राष्ट्रसंघसँग यथासिघ्र बैठक बोलाउन अपिल गरेका थिए । त्यस्तै संघको सुरक्षापरिषद्को आपतकालीन बैठकले मिसार्इल परीक्षणको कडा शब्दमा भर्त्सना गरेको थियो । त्यस्तै अर्को शक्ति राष्ट्र रसियाले समेत उत्तर कोरियाको बिरोध गरेको थियो । 

अमेरिका र दक्षिण कोरियाका सेनाबीचको संयुक्त सैन्य अभ्यासको जवाफमा मिसार्इल परीक्षण गरिएको उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले उल्लेख गरेको छ । केसिएनएको समाचार अनुसार कोरियाली नेता किम जोनले थप मिसार्इल आक्रमण गर्न निर्देशन दिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला