2026-10-07 03:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जर्मनीका रक्षामन्त्री किएभ भ्रमणमा

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस बिहीबार किएभ आइपुग्नुभएको मन्त्रालयका एक प्रवक्ताले बताएका छन् । यो भ्रमण रुसले युक्रेनमाथि आफ्ना बमबारीहरू बढाएको बेला भएको छ ।
प्रवक्ताले भ्रमणको विस्तृत विवरण दिएनन् । यो भ्रमण रुसी आक्रमणहरूले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा तीन जनाको मृत्यु र ६० जना घाइते भएको एक दिनपछि सुरु भएको हो ।
जर्मन चान्सलर फ्रिड्रिक मर्जले पदभार सम्हालेपछि यो पिस्टोरियसको युक्रेनको पहिलो भ्रमण हो । पिस्टोरियसले अन्तिम पटक जनवरीमा युक्रेनको भ्रमण गर्नुभएको थियो ।
मस्कोले आफ्नो बमबारी बढाएपछि मङ्गलबार मर्जले युक्रेनमा रुसी ‘नागरिक जनसङ्ख्या विरुद्धको आतङ्क’ को आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो, “रुसको पछिल्लो कार्यहरू गत हप्तामा सैन्य हवाई क्षेत्र र पूर्वाधारमा युक्रेनी आक्रमणको अनुपातमा प्रतिक्रिया बाहेक अरू केही थिएन ।”
मर्जका यी टिप्पणीहरू जुन १५–१७ मा क्यानडामा हुने जी७ शिखर सम्मेलन र महिनाको अन्त्यमा हुने नाटो बैठकअघि आएका हुन् । सम्मेलनमा सहयोगी राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रेमलिनलाई दण्डित गर्न थप आक्रामक हुन दबाब दिनेछन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो