२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डो बने ई-स्पोर्ट्स् ग्लोबलका एम्बासडर

३२ जेष्ठ २०८२, शनिबार १२:२६

काठमाडौँ | ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुन लागेको ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ । यो साझेदारीमार्फत ई-स्पोर्ट्सको लोकप्रियतालाई अझै फैलाउने अनि परम्परागत खेलकुद र ई-स्पोर्ट्सबीचको अन्तर घटाउने फाउन्डेशनले लक्ष्य राखेको छ ।

फाउन्डेशनका प्रमुख राल्फ रीचर्टले रोनाल्डो अनुभवी खेलाडीदेखि नयाँ प्रतियोगीसम्म सबैका लागि एक प्रेरणा भएको उल्लेख गरे । ‘रोनाल्डको उत्कृष्टतालाई ई-स्पोर्ट्स वर्ल्ड कपको भावना प्रतिनिधित्व गर्छ । परम्परागत खेलकुद अनि प्रतिस्पर्धात्मक गेमिङको सम्बन्ध अझ सुदृढ बनाउन उनको साथ हुन पाउनु गर्वको कुरा हो’ उनले भनेका छन् ।

रोनाल्डोले विश्वकपको मुख्य अभियानको नेतृत्व गर्दै ‘राइज एबभ’ अर्थात् ‘सबै सीमा नाघेर अघि बढिने’ अर्थको नारा प्रचार गर्नेछन् । यो नाराले मानव क्षमताको अनुभूति गराउने, साहस, परिश्रम अनि उत्कृष्टतालाई प्रेरित गर्ने सन्देश बोकेको फाउन्डेशनले जनाएको छ ।

‘खेल सदा परिवर्तन हुन सक्छ, ई-स्पोर्ट्स पनि एक नयाँ क्षेत्रमा फैलिँदै छ । यहाँ खेलाडीहरूको लगन, कौशल अनि साहस परम्परागत खेलमा जस्तै छन् । म यो कार्यक्रमको एम्बासडर हुन पाउनुमा गर्व गर्छु । भविष्यको पुस्तालाई प्रेरित गर्न म साथ दिनेछु’ क्रिस्टियानो रोनाल्डोले भनेका छन् ।

रोनाल्डोको सम्बन्ध ई-स्पोर्ट्स विश्वकपसँग पहिलेदेखि नै रहिआएको छ । सन् २०२३ मा कार्यक्रमको घोषणा गर्दा पनि उनी सहभागी थिए । साथै गएको समरमा साउदी अरबको रियादमा गरिएको समापन समारोहमा पनि उनको उपस्थितिले कार्यक्रमको गरिमा अझै उच्च गरेको फाउन्डेशनको विज्ञप्तिमा उल्लेख छ ।

ई-स्पोर्ट्स विश्वकप २०२५ मा एकै स्थानमा अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स समुदाय, खेलाडी, क्लब अनि दर्शकहरूको जमघट हुनेछ । प्रतियोगितामा २,००० उत्कृष्ट खेलाडी, २०० क्लब अनि १०० देश सहभागी हुनेछन् ।

प्रतियोगितामा २५ प्रतियोगिताहरू, २४ खेलहरूको साथमा ७ करोड अमेरिकी डलरभन्दा बढीको पुरस्कार राशी राखिएको छ ।

ई-स्पोर्ट्स विश्वकप एक प्रमुख वार्षिक कार्यक्रम हो जहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता, कौशल, साहस अनि एकतालाई उत्सवको रुपमा मनाइने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला