२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रेडियो पत्रकारलाई गलत तरिकाले बर्खास्त गरिएको अस्ट्रेलियाको एक अदालतको ठहर

११ असार २०८२, बुधबार १४:३०

काठमाडौँ । इजरायल–गाजा द्वन्द्वसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक एबीसीले एक रेडियो पत्रकारलाई गैरकानुनी रुपमा बर्खास्त गरेको यहाँको एक अदालतले ठहर गरेको छ ।

अदालतले रेडियो पत्रकारलाई गैरकानुनी रुपमा बर्खास्त गरेको भन्दै एबीसीले एन्टोनेट लाट्टोफलाई क्षतिपूर्तिस्वरूप ७० हजार अष्ट्रेलियाली डलर (४५ हजार अमेरिकी डलर) तिर्नुपर्ने फैसला सुनाएको छ । फैसलापछि एबिसीले गल्तीका लागि सार्वजनिकरूपमा आत्मआलोचना गर्दै माफी मागेको छ ।

सङ्घीय अदालतका न्यायाधीश डेरिल रङ्गियाहले आफ्नो फैसलामा भनेको छ, “गाजामा इजरायली सैन्य अभियानको विरोधमा उहाँले राजनीतिक विचार राखेको लगायतका कारण देखाउँदै प्रसारणकर्ताले उहाँलाई बर्खास्त गरेर रोजगार कानून तोडेको अदालतको ठहर छ ।

लाट्टोफले एबीसीसँग पाँच दिने अनौपचारिक सम्झौता गरेको तीन दिनपछि सन् २०२३ को डिसेम्बरमा कानुनी कारबाही अघि बढाउँदै बर्खास्त गर्ने निर्णय एबिसीले गरेको थियो ।

उहाँले गाजा द्वन्द्वबारे ह्युमन राइट्स वाचको भिडियो रिपोर्ट इन्स्टाग्राममा पुनः पोस्ट गर्दै लेख्नुभएको छ, “एचआरडब्लुले भोकमरीलाई युद्धको औजारको रूपमा प्रयोग गरेको छ।”

एबीसीको उच्च व्यवस्थापनले उक्त पोस्टलाई लिएर जनाएको प्रतिक्रियामा पोस्ट ‘आतङ्कको अवस्था’मा परिणत भएको र एक घण्टाभित्रै उहाँलाई प्रशारण हटाउन भनिएको सुनुवाईका क्रममा वादीका तर्फबाट जिकिर गरिएको न्यायाधीश रङ्गियाहले बताउनुभएको छ ।

एबिसीका प्रबन्ध निर्देशक हग माक्र्सले भन्नुभयो, “संप्रेषित सन्देश हटाउने निर्णयलाई लिएर लाट्टोफलाई कसरी हेरियो र सङ्कटले उहाँलाई कसरी प्रभावित बनायो यो सोचनीय कुरा हो यसमा हामीबाट केही गल्ती भएको भए हामी त्यस घटनाप्रति खेद प्रकट गर्दछौँ।”

उहाँले भन्नुभयो, “यो स्पष्ट छ कि यो मुद्दा हाम्रो मूल्य मान्यता र अपेक्षा अनुसार व्यवस्थापन गरिएको छैन।”

उहाँले थप्नुभयो, “हामीले हाम्रा कर्मचारी र दर्शकहरूलाई पनि निराश पारेका छौँ र यो असफलताले जनता र सङ्गठनभित्र बुझ्नयोग्य चिन्ता पैदा गरेको छ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस