२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा ‘अप्राकृतिक’ रूपमा मरेको भनिएका पाँच बाघबारे अनुसन्धान शुरू

१३ असार २०८२, शुक्रबार १२:५४

काठमाडौं । भारतको दक्षिणी राज्य कर्नाटकको संरक्षित जङ्गलमा लोपोन्मुख बघिनी र त्यसका चार वटा बच्चा मृत अवस्थामा फेला परेपछि भारतले अनुसन्धान सुरु गरेको छ ।

राज्यका वनमन्त्री ईश्वर खान्द्रेले वन्यजन्तुको ‘अप्राकृतिक’ मृत्यु ‘अत्यन्त दुःखद र पीडा’ को बिषय भएको र यसको अनुसन्धानका लागि एक टोली गठन गरिएको बताउनुभयो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार वन अधिकारीहरूले उनीहरूको विषाक्तताको कारण मृत्यु भएको आशङ्का गरेका छन् ।

द टाइम्स अफ इन्डियाका अनुसार बघिनीले केही दिनअघि एउटा गाई मारेको थियो । गाई खाएको आक्रोशमा गाइको मृत शरीरमा विष मिसाइएको र त्यही कारण बघिनीसहित साना डमरुको मृत्यु भएको हुनसक्ने आशङ्का बन अधिकारीले गरेका छन् ।

“कुनै लापरबाही भएको वा कुनै अन्य कारणवश बाघ मरेको हो अनुसन्धान गरी दोषीलाई फौजदारी कारबाही गर्न आदेश दिएका छौँ,” खान्द्रेले भन्नुभयो ।

निरन्तर संरक्षण प्रयासहरूले भारतमा बाघको सङ्ख्यामा निरन्तर पुनरुत्थान भएको छ ।

पछिल्लो गणनाअनुसार भारतमा तीन हजार ६०० भन्दा बढी बाघ छन्, जुन विश्वको बाघको सङ्ख्याको ७५ प्रतिशत हो ।

तर घट्दो वासस्थान र मानव बस्ती विस्तारले बाघको वस्तीमा हस्तक्षेप भएको वा उनीहरूको जीवनलाई प्रभावित पारेको र पछिल्लो एक दशकमा बाघको आक्रमणमा परी ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…