२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा ‘अप्राकृतिक’ रूपमा मरेको भनिएका पाँच बाघबारे अनुसन्धान शुरू

२०८२, १३ असार शुक्रबार १२:५४

काठमाडौं । भारतको दक्षिणी राज्य कर्नाटकको संरक्षित जङ्गलमा लोपोन्मुख बघिनी र त्यसका चार वटा बच्चा मृत अवस्थामा फेला परेपछि भारतले अनुसन्धान सुरु गरेको छ ।

राज्यका वनमन्त्री ईश्वर खान्द्रेले वन्यजन्तुको ‘अप्राकृतिक’ मृत्यु ‘अत्यन्त दुःखद र पीडा’ को बिषय भएको र यसको अनुसन्धानका लागि एक टोली गठन गरिएको बताउनुभयो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार वन अधिकारीहरूले उनीहरूको विषाक्तताको कारण मृत्यु भएको आशङ्का गरेका छन् ।

द टाइम्स अफ इन्डियाका अनुसार बघिनीले केही दिनअघि एउटा गाई मारेको थियो । गाई खाएको आक्रोशमा गाइको मृत शरीरमा विष मिसाइएको र त्यही कारण बघिनीसहित साना डमरुको मृत्यु भएको हुनसक्ने आशङ्का बन अधिकारीले गरेका छन् ।

“कुनै लापरबाही भएको वा कुनै अन्य कारणवश बाघ मरेको हो अनुसन्धान गरी दोषीलाई फौजदारी कारबाही गर्न आदेश दिएका छौँ,” खान्द्रेले भन्नुभयो ।

निरन्तर संरक्षण प्रयासहरूले भारतमा बाघको सङ्ख्यामा निरन्तर पुनरुत्थान भएको छ ।

पछिल्लो गणनाअनुसार भारतमा तीन हजार ६०० भन्दा बढी बाघ छन्, जुन विश्वको बाघको सङ्ख्याको ७५ प्रतिशत हो ।

तर घट्दो वासस्थान र मानव बस्ती विस्तारले बाघको वस्तीमा हस्तक्षेप भएको वा उनीहरूको जीवनलाई प्रभावित पारेको र पछिल्लो एक दशकमा बाघको आक्रमणमा परी ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल