२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ब्राजिलमा वर्षाले ८३% सहरमा प्राकृतिक प्रकोप निम्त्यायो

२०८२, १८ असार बुधबार १५:०५
भूमण्डलीय तापक्रम (ग्लोबल वार्मिङ) वृद्धिले निम्त्याएको भारी वर्षाले सन् २०२० देखि सन् २०२३ सम्म ब्राजिलका १० मध्ये आठ सहरमा प्राकृतिक प्रकोप निम्त्याएको मङ्गलबार प्रकाशित एक अध्ययनले देखाएको छ । यो सन् १९९० को दशकको तुलनामा तीन गुणा बढी हो ।
बढ्दो तापक्रमले करिब सात प्रतिशत प्रति अतिरिक्त डिग्रीसहित वायुमण्डलमा जल वाष्पको मात्रा बढाउँछ र यसले ल्याटिन अमेरिकासहित केही क्षेत्रमा भारी वर्षाको जोखिम बढाउँछ ।
ब्राजिलमा तीव्र वर्षाले निम्त्याएको बाढी, नदीको बहाव र पहिरोको सङ्ख्या सन् २०२० मा दुई हजार तीन सय ३५ बाट तीन वर्षपछि सात हजार पाँच सय ३९ पुगेको छ । यसले ८३ प्रतिशत सहरलाई प्रभावित पारेको ब्राजिलियन एलायन्स फर ओसेनिक कल्चरको रिपोर्टले बताएको छ ।
निजी र सार्वजनिक संस्थाहरूले तयार पारेको यो अध्ययनमा ब्राजिलले अभूतपूर्व बाढीको सामना गरेको सन् २०२४ को तथ्याङ्क समावेश गरिएको छैन ।
रिपोर्टअनुसार प्रत्येक वर्ष औसत ३२ लाख मानिस प्रभावित भएका छन् । यो सन् १९९० को दशकमा करिब ४३ हजारको तुलनमा धेरै हो ।
“यो वृद्धिले वर्षासँग सम्बन्धित जलवायु प्रकोपहरूको बढ्दो आवृत्ति मात्र नभई, तिनीहरूको गम्भीरतालाई पनि प्रकाश पार्छ”, रिपोर्टका पछाडि रहेका अनुसन्धानकर्ता रोनाल्डो क्रिस्टोफोलेट्टीले एक विज्ञप्तिमा भन्नुभयो, “तथ्याङ्कले कमजोर समुदायहरूको सुरक्षा गर्ने र यी चरम घटनाहरूको प्रभावलाई कम गर्ने उद्देश्यले रोकथाम र अनुकूलन उपायहरू कार्यान्वयन गर्ने तत्काल आवश्यकतालाई जोड दिन्छ ।”
अध्ययनअनुसार बाढीले विशेष गरी कृषि क्षेत्रलाई असर गरेको छ, जसले आर्थिक नोक्सानको ४७ प्रतिशत हिस्सा ओगटेको छ ।
सन् २०२४ को बाढीले सोही वर्षको ऐतिहासिक खडेरीसँग मिलेर खाद्यान्नको मूल्य बढाएको छ । यसले सरकारलाई मुद्रास्फीति नियन्त्रण गर्न उपायहरू लिन बाध्य बनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल