२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतको बङ्गलादेश क्रिकेट भ्रमण पुनर्निर्धारित हुनसक्छ

१८ असार २०८२, बुधबार १५:३८
काठमाडौँ । भारत सरकारबाट स्वीकृति आवश्यक पर्ने भएकाले भारतको अगस्टमा हुने बङ्गलादेशको सेतो बल (ह्वाइट बल) को भ्रमण पुनर्निर्धारित हुनसक्ने बङ्गलादेशका एक वरिष्ठ क्रिकेट अधिकारीले बुधबार बताएका छन् ।
तीन एकदिवसीय र तीन टी–२० खेलसहित यो शृङ्खला अगस्ट १७ देखि ढाकामा सुरु हुने तालिका छ ।
यद्यपि बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) मिडिया कमिटीका अध्यक्ष इफ्तिखार रहमानले यसको भारतीय समकक्ष बिसिसिआईले उहाँहरूलाई भ्रमण ढिलाइ हुनसक्ने जानकारी दिएको बताउनुभयो ।
बिसिसिआईले यस भ्रमणका बारेमा कुनै टिप्पणी गरेको छैन ।
“यो भ्रमण एफटिपी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको भविष्य भ्रमण कार्यक्रम) को हिस्सा हो त्यसैले रद्द गर्ने विकल्प छैन । तर यसलाई पारस्परिक रूपमा सुविधाजनक समयमा पुनर्निर्धारित गर्न सकिन्छ”, रहमानले थप विवरण नदिई भन्नुभयो ।
बिसिबीका स्रोतहरूका अनुसार भ्रमण भारत सरकारको सहमतिको सङ्केतको प्रतीक्षामा छ ।
सन् २०२४ अगस्टमा बङ्गलादेशको जन विद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि ढाका र नयाँदिल्लीबीच हालैको कूटनीतिक तनावपछि यो अनिश्चितता आएको हो ।
बङ्गलादेशले सन् २०२४ सेप्टेम्बर–अक्टोबरमा दुई टेस्ट र दुई टी–२० खेलका लागि भारतको भ्रमण गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला