२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतको बङ्गलादेश क्रिकेट भ्रमण पुनर्निर्धारित हुनसक्छ

२०८२, १८ असार बुधबार १५:३८
काठमाडौँ । भारत सरकारबाट स्वीकृति आवश्यक पर्ने भएकाले भारतको अगस्टमा हुने बङ्गलादेशको सेतो बल (ह्वाइट बल) को भ्रमण पुनर्निर्धारित हुनसक्ने बङ्गलादेशका एक वरिष्ठ क्रिकेट अधिकारीले बुधबार बताएका छन् ।
तीन एकदिवसीय र तीन टी–२० खेलसहित यो शृङ्खला अगस्ट १७ देखि ढाकामा सुरु हुने तालिका छ ।
यद्यपि बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) मिडिया कमिटीका अध्यक्ष इफ्तिखार रहमानले यसको भारतीय समकक्ष बिसिसिआईले उहाँहरूलाई भ्रमण ढिलाइ हुनसक्ने जानकारी दिएको बताउनुभयो ।
बिसिसिआईले यस भ्रमणका बारेमा कुनै टिप्पणी गरेको छैन ।
“यो भ्रमण एफटिपी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको भविष्य भ्रमण कार्यक्रम) को हिस्सा हो त्यसैले रद्द गर्ने विकल्प छैन । तर यसलाई पारस्परिक रूपमा सुविधाजनक समयमा पुनर्निर्धारित गर्न सकिन्छ”, रहमानले थप विवरण नदिई भन्नुभयो ।
बिसिबीका स्रोतहरूका अनुसार भ्रमण भारत सरकारको सहमतिको सङ्केतको प्रतीक्षामा छ ।
सन् २०२४ अगस्टमा बङ्गलादेशको जन विद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि ढाका र नयाँदिल्लीबीच हालैको कूटनीतिक तनावपछि यो अनिश्चितता आएको हो ।
बङ्गलादेशले सन् २०२४ सेप्टेम्बर–अक्टोबरमा दुई टेस्ट र दुई टी–२० खेलका लागि भारतको भ्रमण गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना