२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु

१९ असार २०८२, बिहीबार १३:५१
हिन्दूहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल तीर्थयात्रा सुरु गरेका छन् । धेरै श्रद्धालुहरू अप्रिलको घातक आक्रमणले पाकिस्तानसँग द्वन्द्व निम्त्याएको ठाउँ नजिकैबाट यात्रा सुरु गरेका छन् ।
गत वर्ष पहलगाम सहरको माथिको जङ्गलले घेरिएको हिमाली पहाडको गुफामा अवस्थित पवित्र बरफ स्तम्भको अमरनाथ तीर्थयात्रामा पाँच लाख भक्तजनले भाग लिएका थिए ।
पहलगाम त्यो स्थल हो जहाँ २२ अप्रिलमा बन्दुकधारीहरूले २६ जना हिन्दू पर्यटकको हत्या गरेका थिए ।
नयाँदिल्लीले बन्दुकधारीहरूलाई पाकिस्तानको समर्थन रहेको बताएको थियो भने इस्लामाबादले उक्त दाबीलाई अस्वीकार गरेको थियो । बन्दुकधारीको उक्त आक्रमणले परस्पर कूटनीतिक उपायहरूको शृङ्खला सुरु गर्‍यो र यो चार दिनको द्वन्द्वमा परिणत भयो ।
सन् १९९९ पछि आणविक–सशस्त्र यी दुई मुलुकले गरेको यो सबैभन्दा खराब गतिरोध थियो । मे १० को युद्धविरामअघि दुवै पक्षमा मिसाइल, ड्रोन र तोप आक्रमणमा ७० भन्दा बढी मानिस मारिएका थिए ।
तर उत्तर प्रदेश राज्यबाट यात्रा गरेका तीर्थयात्री मुनेश्वर दास शास्त्रीले भन्नुभयो, “कुनै पनि प्रकारको डर छैन, हाम्रो सेनाले जताततै पहरा दिइरहेको छ । कसैले पनि हामीतिर औँला उठाउन सक्दैन ।”
भारतले यस कार्यक्रमका लागि सुरक्षा बढाएको छ । हिन्दू धर्मका संहारकर्ता देवता शिवलाई समर्पित उच्च उचाइको गुफामा पुग्ने कठिन यात्राको निरीक्षण गर्न उच्च प्रविधिको निगरानी उपकरणहरूसहित ४५ हजार सेना तैनाथ गरिएको छ ।
“तीर्थयात्रीहरूलाई सुरक्षित र सहज बनाउन हामीसँग बहुस्तरीय र गहिरो सुरक्षा व्यवस्था छ”, मुस्लिम बहुल क्षेत्रका प्रहरी प्रमुख भीके बर्डीले भन्नुभयो ।
– डर छैन –
पहलगाममा सैनिकहरूले टेन्ट गरिएको आधार शिविरलाई रेजर तारले घेरिएको किल्लामा परिणत गरेका छन् ।
भर्खरै तैनाथ गरिएका सशस्त्र गाडीहरूमा वा बालुवाको बोराहरू पछाडिको बन्दुकको स्थितिबाट सेनाहरूले नजिकबाट अनुहार पहिचान क्यामेराहरूले सहयोग गरेका प्रयासमार्फत निगरानी राख्छन् ।
जम्मू काश्मीरका भारतीय नियुक्त शीर्ष प्रशासक मनोज सिन्हाले भन्नुभयो, “मार्गका सबै मुख्य विन्दुमा उच्च गुणस्तरका निगरानी क्यामेराहरू स्थापना गरिएको छ ।”
सबै तीर्थयात्रीहरू दर्ता भएका हुनुपर्छ र हिँड्न सुरु नगरेसम्म संरक्षित गाडीमा यात्रा गर्नुपर्छ ।
बाटोको जङ्गलमा लुकेका बङ्करहरू निर्माण गरिएका छन्, जहाँ दर्जनौँ अस्थायी भान्साघरहरूले निःशुल्क खाना प्रदान गर्छन् ।
इलेक्ट्रोनिक रेडियो कार्डहरूले तिनीहरूको स्थान सङ्केत गर्छन् ।
तीर्थयात्रीहरूलाई अन्तिम सजिलो मोटरेबल ट्र्याकबाट  लगभग ३० किलोमिटर (१८ माइल) माथि तीन हजार नौ सय मिटर (१२ हजार आठ फिट) उचाइमा अवस्थित गुफामा पुग्न धेरै दिन लाग्न सक्छ ।
“यहाँ जे पनि आक्रमण भयो, म डराएको छैन । म बाबा (बरफको संरचना) को एक झलक लिन आएको हुँ”, भारतको उत्तर प्रदेश राज्यका २९ वर्षीय उज्ज्वल यादवले मन्दिरको पहिलो तीर्थयात्रा गर्दै भन्नुभयो, “यहाँ यस्तो सुरक्षा व्यवस्था छ कि कसैलाई चोट लाग्न सक्दैन ।”
सिन्हाले ‘जनताको विश्वास फर्किँदैछ’ भन्नुभए पनि यस वर्ष तीर्थयात्री दर्ता १० प्रतिशतले घटेको स्वीकार गर्नुभयो ।
एक समय सामान्य, अल्पज्ञात अनुष्ठान, मुख्यतः स्थानीय केही हजार भक्तजनले मात्र सहभागिता देखाउँथे । यो तीर्थयात्रा सन् १९८९ मा सशस्त्र विद्रोह सुरु भएदेखि बढेको छ ।
त्यसबेलादेखि भारत सरकारले अगस्ट ९ सम्म चल्ने यो वार्षिक कार्यक्रमलाई धेरै बढावा दिएको छ ।
काश्मीरमा भारतको नियन्त्रणविरुद्ध लड्ने विद्रोहीहरूले तीर्थयात्रा लक्ष्य नभएको बताएका छन् । यद्यपि उनीहरूले यदि यो हिन्दू प्रभुत्व स्थापना गर्न प्रयोग गरियो भने कारबाही गर्ने चेतावनी दिएका छन् ।
सन् २०१७ मा सन्दिग्ध विद्रोहीहरूले तीर्थयात्री बसमा आक्रमण गरी ११ जनाको ज्यान लिएका थिए ।
भारतको स्थायी रूपमा पाँच लाख सैनिक तैनाथ रहेको काश्मीरमा सुरक्षा बलले खोजी गरे तापनि अप्रिल २२ को हत्या गर्ने बन्दुकधारीहरू फरार छन् ।
जुन २२ मा भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले पहलगाम क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको बताएको थियो । उनीहरूले बन्दुकधारीहरूलाई ‘खाना, आश्रय र रसद सहयोग प्रदान गरेको’ बताएका थिए ।
भारतीय प्रहरीले तीन बन्दुकधारीका लागि वाञ्छित सूचना जारी गरेको छ । तीमध्ये दुईजना पाकिस्तानी नागरिक भएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य