२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड चिसो

२० असार २०८२, शुक्रबार १३:१७
ध्रुवीय हावाले अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड कम तापक्रम ल्याएको छ । अत्यधिक चिसोले कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सरकारहरूलाई ग्यास आपूर्ति प्रतिबन्धित गर्न र आपत्कालीन आश्रयहरू सक्रिय गर्न बाध्य पारेको छ ।
ध्रुवीय हावा अन्टार्कटिकाबाट उत्पन्न भएर यस क्षेत्रभरि फैलिएका कारण तीनवटै यी दक्षिण अमेरिकी देशले शून्यभन्दा तलको तापक्रम तीव्र रूपमा रेकर्ड गरेका छन् ।
गैरसरकारी संस्था प्रोजेक्टो ७ का अनुसार अर्जेन्टिनामा यस जाडोमा चिसोका कारण कम्तीमा नौ जना घरबारविहीन व्यक्तिको मृत्यु भएको छ ।
राजधानी ब्युनस आयर्समा बुधबार सन् १९९१ यताकै सबैभन्दा न्यून तापक्रम माइनस १.९ डिग्री सेल्सियस (२८.६ फारेनहाइट) रेकर्ड गरियो भने तटीय सहर मिरामारमा ३४ वर्षमा पहिलो पटक हिउँ परेको देखियो । थप दक्षिणमा माक्विन्चाओ सहरले मङ्गलबार माइनस १८ डिग्री सेल्सियस रेकर्ड गर्‍यो ।
बिजुलीको मागले ब्युनस आयर्समा कटौती निम्त्यायो । केही क्षेत्र २४ घण्टाभन्दा बढी समयसम्म विद्युत्विहीन भए ।
सरकारले घरेलु आपूर्ति सुनिश्चित गर्न बुधबार उद्योग र पेट्रोल स्टेसनहरूमा ग्यास आपूर्ति स्थगित गरेको छ र ग्यास सिलिन्डरहरूमा मूल्य नियन्त्रण हटाएको छ ।
उरुग्वेले छ जनाको मृत्युपछि राष्ट्रव्यापी ‘रेड अलर्ट’ घोषणा गरेको छ । यसले राष्ट्रपति यामान्डु ओर्सीको सरकारलाई घरबारविहीन मानिसहरूलाई जबरजस्ती आश्रयहरूमा सार्न अनुमति दिएको छ ।
मौसमविद् मारियो बिडेगेनका अनुसार मोन्टेभिडियोले सन् १९६७ पछि सबैभन्दा कम तापक्रम जुन ३० मा ५.८ डिग्री सेल्सियस रेकर्ड गरेको छ ।
चिलीले पनि सबैभन्दा चिसो दिनमा घरबारविहीन आश्रय योजनाहरू सक्रिय गरेको छ । चिलीको मौसम विज्ञान निर्देशनालयका अनुसार सान्टियागोबाट चार सय किलोमिटर (दुई सय ५० माइल) दक्षिणमा रहेको चिलान सहरले माइनस ९.३ डिग्री सेल्सियस छोयो ।
“यस हप्ता चिली र सामान्य रूपमा दक्षिणी कोनमा जे भयो त्यो अन्टार्कटिकाबाट ध्रुवीय हावाको द्रव्यमानबाट भागेको चिसो लहर हो”, सान्टियागो विश्वविद्यालयका जलवायुविद् राउल कोर्डेरोले भन्नुभयो ।
एक दशकमा पहिलोपटक विश्वको सबैभन्दा सुक्खा अटाकामा मरुभूमिको केही भागमा पनि हिउँ परेको छ ।
“यी चिसो हावाका समूहहरू उत्तरसम्म विस्तार हुनु त्यति सामान्य छैन, त्यसैले हामी यो पनि जलवायु परिवर्तनको कारणले भएको हो भन्ने कुरालाई अस्वीकार गर्न सक्दैनौँ”, मौसमविद् अर्नाल्डो जुनिगाले भन्नुभयो ।
यस क्षेत्रले आगामी दिनहरूमा राहतको अपेक्षा गरेको छ । ब्युनस आयर्समा बिहीबार १२ डिग्री सेल्सियस, मोन्टेभिडियोमा १४ डिग्री सेल्सियस र सान्टियागोमा २४.७ डिग्री सेल्सियस पुगेको छ ।
“चिसोबाट तातोमा भएको परिवर्तन देखेर म निकै आश्चर्यचकित भएँ–यो परिवर्तन निकै तीव्र थियो”, सान्टियागोमा १८ वर्षीया छात्रा डाफ्ने नारान्जोले भन्नुभयो ।
जलवायुविद् कोर्डेरोले हालका वर्षहरूमा चिसो मौसमभन्दा तातो लहरहरू बढी बारम्बार भएको बताउनुभएको छ ।
“गर्मी लहरहरूको आवृत्ति तीन गुणा बढेको छ, चाहे गर्मी होस् वा जाडो, दक्षिणी कोनमा मात्र नभएर संसारभर”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य