2026-10-05 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वासिङ्टनको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि दबाब दिइरहनुभएको छ: इजरायली प्रधानमन्त्री

प्यालेष्टिनी सशस्त्र लडाकू समूह (हमास)ले शुक्रबार इजरायलसँगको युद्ध रोक्न गरिएको युद्धविराम प्रस्तावमा अन्य प्यालेस्टिनी आन्दोलनसँग परामर्श गरिरहेको बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार वासिङ्टनको भ्रमण गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि दबाब दिइरहनुभएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी गरेको आक्रमणपछि हमासलाई नष्ट गर्ने र लडाकूहरूले कब्जा गरेका सबै बन्धकहरूलाई घर फर्काउने उद्देश्यसहित इजरायलले गाजामा ब्यापक आक्रमण सुरु गरेको थियो ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा यसअघि भएका दुई युद्धविराममा प्यालस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको फिर्तीसँगै युद्धमा अस्थायी रूपमा रोक लगाइएको छ ।

“हमासले प्यालेस्टिनी सेना र गुटका नेताहरूसँग मध्यस्थहरूबाट प्राप्त प्रस्तावको बारेमा परामर्श गरिरहेको छ,” हमासले शुक्रबार बिहान जारी एक विज्ञप्तिमा भनेको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहूले गाजामा लडाकुहरूले लगेका सबै बन्धकहरूलाई घर फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सन् २०२३ को हमास आक्रमणमा सबैभन्दा बढी बन्धक बनाइएका समुदाय निर ओज किबुट्जका बासिन्दालाई सम्बोधन गर्दै नेतन्याहूले भन्नुभयो, “म सबैभन्दा पहिले हाम्रा सबै अपहृत व्यक्तिहरूको फिर्ती सुनिश्चित गर्न गहिरो प्रतिबद्धता व्यक्त गर्दछु ।”

ट्रम्पले बिहीबार गाजाका जनताको लागि ‘सुरक्षा’ चाहेको बताउनुभएको थियो ।

“म गाजाका जनताको सुरक्षा हेर्न चाहन्छु । उनीहरूको अवस्था अत्यन्त्यै दयनीय छ,” उहाँले भन्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड