2026-09-13 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुबियो र वाङबीच आसियान वार्ताको साइडलाइनमा भेट हुने

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार मलेसियामा आसियान वार्ताको छेउमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्नुहुनेछ । भेटवार्तामा वासिङ्टनका भन्सार शुल्कहरू तीव्र केन्द्रविन्दुमा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यालयमा फर्किएपछि रुबियो र वाङको पहिलो आमनेसामने भेट वासिङ्टन र बेइजिङ व्यापार र फेन्टानिलदेखि प्रविधिसम्म सबै कुरामा विवादमा फसेको छ ।
लामो समयदेखि चीन विरोधी रुबियो र वाङ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेश मन्त्रीहरूको भेलाका लागि क्वालालम्पुरमा हुनुहुन्छ । भेलामा जापान, दक्षिण कोरिया र अस्ट्रेलिया पनि सहभागी छन् ।
अमेरिकी अधिकारीहरूले विदेशमन्त्रीका रूपमा रुबियोको यस क्षेत्रको पहिलो भ्रमणअघि वासिङ्टनले पूर्वी र दक्षिणपूर्वी एसियाप्रति आफ्नो प्रतिबद्धतालाई ‘प्राथमिकता’ दिएको बताएका थिए ।
रुबियोले बिहीबार संयुक्त राज्य अमेरिकाको एशिया–प्रशान्त क्षेत्रलाई ‘त्याग्ने कुनै मनसाय’ छैन भन्नुभयो ।
तर अमेरिकी भन्सार शुल्कले सम्मेलनलाई ओझेलमा पारेको छ र रुबियोले एसियाली व्यापार साझेदारहरूलाई शान्त पार्न खोज्नुभएको छ । उहाँले वार्ता जारी रहेको र बाँकी विश्वको तुलनामा ‘राम्रो’ दर हुनसक्ने बताउनुभएको छ ।
अगस्ट १ सम्म वासिङ्टनसँग सम्झौता नगरे ट्रम्पले अधिकांश एसियका गरी २० भन्दा बढी देशविरुद्ध २० देखि ५० प्रतिशतसम्म दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिनुभएको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले यस हप्ता ट्यारिफलाई ‘भू–राजनीतिक प्रतिस्पर्धाको तीखो उपकरण’ का रूपमा प्रयोग भइरहेको बताउनुभएको थियो ।
वाङले बिहीबार ‘निष्पक्ष र अधिक उचित’ अन्तर्राष्ट्रिय व्यवस्थाको आह्वान गर्नुभयो ।
“उही समयमा, हामी कुनै ठूलो देशको एकपक्षीय संरक्षणवाद र भन्सार शुल्कको दुरुपयोगको प्रभाव जस्ता चुनौतीहरूको सामना पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि वासिङ्टन र बेइजिङबीच तनाव बढेको छ र दुवै देश भन्सार शुल्क युद्धमा संलग्न छन् । यसले एक अर्काको निर्यातमा केही समयका लागि भन्सार शुल्क उचाइमा पुगेको छ ।
दुवै पक्ष ‘टिट–फर–ट्याट’ संलग्न हुँदा एक विन्दुमा संयुक्त राज्य अमेरिकाले चीनमाथि यसको सामानहरूमा एक सय ४५ प्रतिशतको अतिरिक्त कर लगाएको थियो । अमेरिकी सामानमा चीनको प्रतिरोधात्मक कदम एक सय २५ प्रतिशत पुगेको थियो ।
बेइजिङ र वासिङ्टनले मे महिनामा आफ्नो आश्चर्यजनक रूपमा उच्च शुल्कहरू अस्थायी रूपमा कटौती गर्न सहमत भएका थिए । यसको परिणामलाई ट्रम्पले ‘टोटल रिसेट’ भन्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले