2026-09-26 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्रम्पले पुटिनलाई ‘अब मुर्ख बनाउन सक्दैन’ भन्दै कडा सन्देश

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गराउन रुसमाथि कठोर आर्थिक दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्। उनले यदि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता नगरेमा रुसी सामानमा १०० प्रतिशत कर लगाउने धम्की दिएका हुन्। ट्रम्पले यसलाई ‘दोस्रो कर’को संज्ञा दिँदै यसले रुसबाट तेल खरिद गर्ने भारत र चीनजस्ता देशहरूलाई समेत प्रभावित पार्ने संकेत गरे।

 

‘म धेरै कुराका लागि व्यापार प्रयोग गर्छु, तर यो युद्ध अन्त्य गर्नका लागि यो सबैभन्दा उत्तम हतियार हुनेछ’, उनले भने।

युरोपमार्फत युक्रेनलाई हतियार

ह्वाइट हाउसको ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँगको भेटवार्तापछि ट्रम्पले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरे। उनले युक्रेनलाई रुसी आक्रमणबाट बच्नका लागि हतियार अत्यावश्यक रहेको बताए।

ट्रम्पको योजना अनुसार, युरोपेली देशहरूले अमेरिकाबाट हतियार खरिद गरी युक्रेनलाई हस्तान्तरण गर्नेछन्। यसरी उपलब्ध गराइने हतियारमा प्याट्रियट मिसाइल प्रणाली, छोटो दूरीको मिसाइल, हावित्जर शेल र मध्यम दूरीको हावाबाट हावामा प्रहार गर्ने मिसाइलहरू समावेश हुन सक्नेछन्। ‘पुटिनले मलाई मुर्ख बनाउन सक्दैनन्’ पत्रकार सम्मेलनमा ट्रम्पले पुटिनप्रति आफ्नो निराशा बारम्बार व्यक्त गरे।

‘मेरो पुटिनसँग सधैँ राम्रो कुराकानी हुन्छ,’ उनले भने, ‘म घर गएर प्रथम महिलालाई भन्छु, आज पुटिनसँग राम्रो कुराकानी भयो। अनि उनी भन्छिन्, ए हो र? उता अर्को युक्रेनी शहरमा भर्खरै आक्रमण भएछ।’

‘पुटिनले क्लिन्टन, बुश, ओबामा र बाइडेनलाई मुर्ख बनाए, तर मलाई बनाउन सक्दैनन्,’ ट्रम्पले अगाडि भने, ‘अब कारबाहीको समय हो। सम्झौता के हो भन्ने पुटिनलाई राम्ररी थाहा छ।’

नेटोको समर्थन र अमेरिकी रणनीति

नेटो महासचिव मार्क रुटले ट्रम्पसँगको भेटपछि यो हतियार सम्झौतालाई ‘गेम चेन्जर’ को संज्ञा दिए। उनले जर्मनी, फिनल्याण्ड, डेनमार्क, स्वीडेन र नर्वे जस्ता देशहरू हतियार आपूर्तिमा सामेल हुने सम्भावना व्यक्त गरे। ट्रम्पले युरोपको प्रशंसा गर्दै भने, ‘मलाई लाग्छ युरोप यति उत्साहित कहिल्यै थिएन, उनीहरूको ऊर्जा अद्भुत छ। उनीहरू यो युद्ध रोक्न चाहन्छन्।’ अर्कोतर्फ, अमेरिकी अधिकारीहरूले ट्रम्पको यो कदमलाई उनको चुनावी वाचासँग जोडेर हेरेका छन्।

युक्रेनलाई सिधै हतियार दिनुको सट्टा युरोपेली देशहरूमार्फत दिलाएर उनी युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता कम गर्ने आफ्नो वाचाबाट पछि हटेको सन्देश दिनबाट बच्न खोजिरहेका छन्।

रुस र युक्रेनबीच विगत दुई वर्षभन्दा बढी समयदेखि युद्ध जारी छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै सुरु भएको द्वन्द्व अझै रोकिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो