2026-11-10 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश

एलन मस्कको विद्युतीय वाहन कम्पनीले संयुक्त राज्य अमेरिका र युरोपमा सुस्त बिक्रीका बीचमा नयाँ ग्राहकहरू खोज्दै गर्दा टेस्लाले मङ्गलबार भारतमा आफ्नो पहिलो शोरूमको अनावरण गरेको छ ।
भारतको आर्थिक राजधानी मुम्बईमा महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीसद्वारा यसको उद्घाटन गरेपछि सञ्चालनमा आएको छ ।
टेस्लाले वर्षौंदेखि भारतमा आफ्नो चासोको सङ्केत गर्दै आएको छ तर विद्युतीय सवारी साधनहरूमा देशको कडा शुल्कका कारण पछि हटेको छ ।
नयाँदिल्लीले विश्वव्यापी अटो निर्माताहरूले सयौँ करोड डलर लगानी गर्न र स्थानीय रूपमा कारहरू बनाउन प्रतिबद्ध भएमा मात्र विद्युतीय सवारीहरूमा आयात कर कटौती गर्ने प्रस्ताव गरेको छ ।
टेस्लाले भारतमा कारखाना स्थापना गर्ने योजना अझै घोषणा गरेको छैन ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले सम्भवतः चीनबाट आयात गरिएका कारहरू बेच्नेछ । यसको डेलिभरी अगस्टको अन्त्यदेखि सुरु हुने अनुमान गरिएको छ ।
कम्पनीको वेबसाइटका अनुसार यसको मोडेल वाई भेरियन्टहरू भारतमा लगभग ७० हजार डलरको अन–रोड मूल्यबाट सुरु हुनेछ ।
विश्वभरिका देशहरूमा आफ्ना कारहरूको माग घट्दै गएको बेला टेस्लाको भारत पदार्पण कम्पनीका लागि एक महत्त्वपूर्ण समयमा आएको छ ।
टेस्लाले विश्वको तेस्रो ठूलो कार बजारलाई लिन खोज्दै गर्दा भारतको विद्युतीय सवारी (इभी) उद्योगको नवजात प्रकृति र यसको सवारी साधनहरूको भारी मूल्यका कारण छोटो अवधिमा ठूलो मात्रा देख्ने सम्भावना नरहेको विज्ञहरूले बताएका छन् ।
भारतको इभी बजार तीव्र गतिमा बढिरहेको छ तर सानो छ । अटो निर्माताहरूले सन् २०२४ मा लगभग एक लाख सवारी साधन वा कुल कार बिक्रीको तीन प्रतिशतभन्दा कम बिक्री भएको रिपोर्ट गरेका छन् ।
भारतले हाल संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौताका लागि वार्ता गरिरहेको छ, जसमा अटोमोबाइलहरूमा भन्सार शुल्कमा सम्भावित कटौती समावेश छ ।
फेब्रुअरीमा मस्कले वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने